शिवराज खनाल,दाङ । लमहीको गोजेनाका राजकुमार खड्का यतिबेला ब्यावसायिक कागती खेतीमा व्यस्त हुनुहुन्छ। सरकारी सेवाबाट निबृत्त हुनुभएका खड्काको दैनिकी कागती रेख देखमै बित्ने गरेको छ ।
दुई बिगाहा क्षेत्रफलमा कागती खेति गर्दै आउनु भएका खड्का कागती खेतीमा नै रमाउँदे आउनु भएको छ। जागिरे हुँदा विभिन्न स्थानका फलफुल खेतिको अनुगमन र अबलोकन गरेर उत्साहित खड्काले बिगतका दिनमा ब्यावसायिक कृषकहरुको कै प्रेरणाका कारण कागती खेति शुरु गरेको खड्का बताउनु हुन्छ ।
दाङकै अर्का एक व्यक्तिपनि कागती खेतीमा राम्रै आम्दानी लिन भ्याइनभ्याइ छ। धान खेती हुने जग्गामा कागती खेती थाल्नु भएका किसानले राम्रो आम्दानी गर्दै आएको पाईएको हो। कागतीबाट आएको आम्दानीले किसानलाई हौसला थप्ने गरेको किसान मधु गिरीको भनाई छ ।
लमही नगरपालिका वडा न–७ हस्नापुरका मधु गिरीले पनि एक बिगाहा क्षेत्रफल धान खेत मासेर ब्यावसायिक कागती खेति गर्न थालेको अहिले २ बर्ष भयो । २ बर्ष अघि सम्म धान बाली लगाउँदै आउनु भएएका गिरी अहिले कागती खेतिमा रम्न थाल्नु भएको छ । पहिले धानले भरिएको उहाँको खेत अहिले कागतीका बिरुवाले छपक्कै ढाकेको छ ।
धान खेतिका बेला बर्षेनी रासायनिक मलको हाहाकार हुने, भनेको बेलामा सिचाईको सुविधा नहुने, जेनतेन उत्पादन गरिएको धानले उचित मुल्य नपाउने जस्ता समस्याको विकल्पका रुपमा कागती खेती रोज्नु परेको किसान गिरीको बताउनु हुन्छ। दाङमा ब्यावसायिक रुपमा कागती खेती गर्ने कृषकको संख्या बर्षेनी बढ्दै गएको पाईएको छ ।
कुनै समय सामान्य घरायसी प्रयोजनका लागि मात्रै दुईचार बोट बिरुवा लगाउने चलन भएपनि पछिल्लो समय जिल्लामा कागती खेतीको ब्यावसायिक उत्पादन गर्ने किसानहरुको संख्या बढ्दै पाईएको हो । कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा २ बर्ष भन्दा पहिले ५० हेक्टर क्षेत्रफलमा कागती खेती हुँदै आएको जनाएको छ ।
तर यो २ बर्षको अबधिमा ह्वात्तै बढेर २९१ हेक्टर क्षेत्रफलमा कागती भएको बताईएको छ । अहिले ११० हेक्टरमा बार्षिक ५६० मेक्ट्रिकटन कागती उत्पादन भइरहेको र बाँकी क्षेत्रफलमा कागतिका बिरुवा हुर्किरहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ बिज्ञ तथा सुचना अधिकारी पृथ्वी राज लामिछानेले बताउनु भयो ।
कागती उत्पादनमा आत्मनिर्भर बनाउन सरकारी स्तरबाट भने लगानी गर्न चासो दिइएको देखिदैन् ।