Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सियारीका किसानलाई प्रतिफलमा आधारित अनुदान


१, भदौ २०८०
  • 154
    SHARES
  • सियारीका  किसानलाई प्रतिफलमा आधारित अनुदान

    लुम्बिनी । रुपन्देहीको सियारी गाउँपालिकाले स्थानीय किसानलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा रु साढे तीन करोड बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानवापत दिइएको छ । 

    उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । उहाँले प्रतिफलमा आधारित अनुदान कार्यक्रम लागू भएको र किसानलाई जग्गा खाली नराख्न आग्रह गर्नुभयो । सियारीले १० कठ्ठासम्ममा माछापालक कृषकका लागि प्रतिकिलो रु पाँच अनुदान दिँदै आएको छ । गत आ.वमा मात्रै तीन सय ७५ किसानलाई रु २३ लाख २५ हजार अनुदानवापत रकम दिइएको थियो । 

    आर्थिक विकास शाखा प्रमुख गणेशप्रसाद खनालका अनुसार गाउँपालिकाले सियारीभित्रका दुई हजार तीन सय १७ दशमलव ९३ कठ्ठामा २३ पोखरीमा माछापालन गर्ने किसानलाई अनुदानवापतको रकम प्रदान गरेको हो । यी पोखरीबाट चार लाख ६५ हजार एक सय १५ किलो माछा उत्पादन भएको उहाँले बताउनुभयो ।

    त्यसैगरी प्रतिफलमा आधारित अनुदान कार्यक्रमअन्तर्गत दूध उत्पादन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षको जेठ महिनासम्ममा १५ लाख ९१ हजार पाँच सय ३५ लिटरको रु ३९ लाख ७८ हजार अनुदानवापतको रकम वितरण गरिएको छ। यस्तै सियारीभित्रका कृषकको हितका लागि भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाबाट सिँचाइ गर्नेलाई सिँचाइमा ५० प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत गत आ.वको जेठ महिनासम्म रु १७ लाख ३८ हजार रकम प्रदान गरेको प्रमुख खनालले बताउनुभयो ।

    पशुमा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रमअन्तर्गत जेठ महिनासम्म तीन हजार सात सय १२ गाईभैँसीलाई निःशुल्क कृत्रिम गर्भाधान गरिएको र त्यसवापत कुल रु १३ लाख अनुदानवापत किसानको खातामा रकम पठाइएको छ । गाउँपालिकाले कृषकलाई घाँसखेतीमा प्रोत्साहन गर्न भन्दै घाँसको बीउमा ५० प्रतिशत अनुदान दिएको छ । पालिकाले असारसम्ममा एक हजार ६ सय ३४ हेक्टरमा खेती गर्ने तीन सय ८८ कृषकलाई रु ६ लाख २४ हजार रकम हस्तान्तरण गरेको छ ।

    त्यसैगरी गाउँपालिकाले यान्त्रीकरणमा पनि सहयोग गर्दै आएको छ । ६७ कृषकलाई रु ११ लाख ३३ हजार रकम प्रदान गरिएको छ । त्यस्तै गहुँको बीउ खरिदका लागि रु ४० लाख, मकैमा रु सात लाख ५० हजार, तोरीमा रु १२ लाख, चैते धानखेतीलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नका लागि उन्नत बीउ खरिदका लागि रु २५ लाख अनुदानवापत कृषकको खातामा रकम पठाइएको छ । तथ्याङ्क व्यवस्थित गर्नका लागि गाउँपालिकाले पालिकाभित्रका कृषकलाई कृषक कार्ड वितरण कार्य प्रभावकारी बनाएको छ ।

  • नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी

    काठमाडौं । नेपाल प्रशासन सेवाका वरिष्ठ सहसचिव नारायणप्रसाद भट्ट राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा

  • खसीको मूल्य, बाख्रीको मासु : रातोपुलमा उपभोक्ता ठगीको आरोपमा तीन पक्राउ

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा उपभोक्तालाई ठगी गरेको आरोपमा राजधानीको रातोपुल क्षेत्रमा प्रहरीले तीन जनालाई

  • बाढीमा ज्यान गुमाएकाका शव तनहुँको जङ्गलमा व्यवस्थापन गरिँदै

    दमौली (तनहुँ) । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका र त्रिशूली नदीमा फेला परेका तर हालसम्म

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend