अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुरज भण्डारी निर्वाचित भएका छन् । भण्डारी आठौं अधिवेसनबाट ५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएकोक हुन् । त्यस्तै उनका प्रतिस्पर्धी मधुकर अधिकारीले जम्मा १९ मत ल्याएका थिए ।
उपाध्यक्षमा सुजन पण्डित,कोषाध्यक्षमा जानु पंगेनी,उत्तर(क्षेत्रिय संयोजकमा भुपेन्द्र बस्नेत,पश्चिम क्षेत्रिय संयोजकमा रोशन अधिकारी र मध्य क्षेत्रिय संयोजकमा शंकर थापा चयन भएका छन् । त्यस्तै गरि महासचिवमा बाबुराम दाहाल,सचिवमा प्रतिमा बास्कोटा चयन भएका छन्।
त्यसै गरी सदस्यहरुमा केशव रेग्मी, झरना अधिकारी, इश्वरी न्यौपाने र हेमराज बस्याल निर्वाचित भएका छन् ।अध्यक्षमा निर्वाचित भएका भण्डारी तत्कालिन रिपोर्टर्स क्लव नेपाल लुम्बिनीका संस्थापक सचिव थिए । उनले नेपाल छदाँ रुपन्देहीमा रहेर लामो समय सक्रिय पत्रकारिता गरेका थिए ।