काठमाडौं । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ ।
चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको यानमा अहिलेसम्म कुनै समस्या नरहको र भारतीय समयअनुसार आज बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमाको सतहमा अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोलाई उद्धितगर्दै भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
बीबीसीले लेखेको छ ‘यदी चन्द्रयान ३ सफलतापूर्वक अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी धुर्वमा सफलता प्राप्त गर्ने पहिलो राष्ट्र बन्नेछ ।’ यसको उद्देश्य पानीको सम्भावनासहितको बरफको खोजि हो र त्यसले चन्द्रमामा मानिसको बसोबासको सम्भावनालाई सहयोग गर्ने ठानिएको छ ।
यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ । चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो । चन्द्रयान–३ सफल अतवरण भयो भने चन्द्रमाको दक्षिणी भागमा कुनै पनि यानको अवतरण पहिलो हुनेछ । अवतरणका लागि यानको गति प्रति सेकेण्ड एक देखि दुई मिटरमा सीमित गरिएको छ ।