Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नुवाकोट सेवा समाज युएईद्वारा भण्डारी र हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो महिला सम्मानित


६, भदौ २०८०
  • 175
    SHARES
  • नुवाकोट सेवा समाज युएईद्वारा भण्डारी र  हेभी बसको लाईसेन्स प्राप्त गर्ने  पहिलो महिला सम्मानित

    युएई । नुवाकोट सेवा समाज युएईद्वारा  एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र  युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ । 

    बरदुबईको मिना बजारमा रहेको द भोज रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा बिगत लामो समय देखी युएईमा रहेर सामाजिक कार्यहरु गर्दै आएका नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स लिन सफल पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई सम्मानका साथै उज्ज्वल भविश्यको कामना सहित शुभकामना दिईएको थियो ।

    कार्यक्रममा बोल्दै एनआर एनए एनसिसी युएईका सचिव सुमन भण्डारीले  “मेरो आफ्नो गृह संस्थाको यो सम्मान र आत्मियताको म ऋणी भएको बताउनुभयो ।  उहाँले सम्मानले आफुलाई थप हौसला मिलेको बताउदै संस्थाको ऋण तिर्न प्रतिबद्दता रहेको बताउनुभयो । भण्डारीले नुवाकोट सेवा समाज युएई द्वारा खेलकुदलाई पनि अगाडि लगेर संस्थाको सामाजिक कार्यहरुमा वृहत माहोल बनाई अगाडि बढ्नको आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    यसैगरी सम्मानित हुने शान्ति कुमारी भण्डारीले “संस्थाले  विगत देखि अहिले सम्म गरेको काम प्रति खुसी आफुलाई गर्व महसुस गरेको प्रतिक्रिया दिनुभयो । उहाँले आगामी दिनमा पनि यस्तै कार्य गर्दै समाज परिवर्तनको लागि अहम भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बताउनुभयो ।  ।” बिभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएकी शान्तिको काम प्रति धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका साथै युएईका बिभिन्न संस्थाहरुले पनि उनको प्रशंसा गरिरहेका छन् । उनले कोभिड(१९ को समयमा पनि धेरै नेपालीहरुलाई सहयोग गरेकी थिईन । त्यसको लागी नेपाली राजदुतावासले समेत बिशेष पासको ब्यबस्था गरेको थियो ।

    उक्त कार्यक्रममा बोल्दै नुवाकोट सेवा समाज संस्थाका अध्यक्ष नविन आर कार्की निरवले अरु संस्थाहरू भन्दा फरक किसिमले डिजिटल माध्यमवाट संस्थाले गरेको कामको अभिलेख राख्दै काम गर्ने गरेको प्रशंसा धेरै संघ सस्थाबाट आएको जानकारी गराउनुभयोे । साथै संस्थाले विगतको दिनहरूमा गरेको काम प्रति सद्भाव राख्दै आगामी दिनमा अझै ठूलो भूमिका निर्वाह गरेर आफ्नो जिल्लामा रहेको पर्यटन क्षेत्र, कला संस्कृति, परम्परा, राष्ट्रिय निकुञ्ज, मठ मन्दिर र नुवाकोट जिल्लाको हरेक ठाउँको पहिचान गर्दै संरक्षण गर्ने काममा संस्थाको मुख्य भूमिका रहने छ । साथै युएईमा कार्यरत नुवाकोटे दाजुभाई दिदीबहिनीहरुमा कुनै आपत विपत् परेको वेला र दुखी पीडितहरुलाई संस्थाले सक्दो सहयोग गरेर उद्दार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

    संस्थाका कानुनी सल्लाहकार प्रल्हाद पाठकका अनुसार नुवाकोट सेवा समाज युएईले भिजिट भिसामा आएर अलपत्र परेको धेरै नेपालीहरुलाई संस्थाले विगत कालदेखि उद्धार गर्दै आइरहेको बताउनुभयो  । साथै कतिपय अवस्थामा एजेन्टहरुले विभिन्न प्रलोभन देखाई युएई ल्याई अलपत्र बनाएको हुनाले नेपालबाट कुनै पनि एजेन्टको मााध्यमबाट आउँदा सर्वप्रथम नुवाकोट सेवा समाजलाई जानकारी गराएर एजेन्टले उपलब्ध गराएका कागजातहरु संस्थाको कुनै पनि व्यक्ति समक्ष जाँच गर्न लगाए ती कागजात नक्कली वा सक्कली थाहा हुनुका साथै ठगिन बाट बच्न सकिने बताउनुभयो । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend