Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण


७, भदौ २०८०
  • 153
    SHARES
  • चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

    काठमाडौं । भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको छ । 

    बुधबार, साँझ भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान सफलतापूर्वक अवतरण गराएको हो । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गराएको थियो ।  ‘एलभीएम–३’ रकेटले अन्तरिक्षयानलाई अन्तरिक्षमा पुर्‍याएकोे थियो ।

    यान अवतरणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो भारतका लागि मात्रै नभएर विश्वकै लागि खुुसीको कुरा भएको बताए । दक्षिण अफ्रिकाको जोहानेशवर्गमा रहेका मोदी चन्द्रयान ३ अवतरण कार्यक्रमसँग भर्चुअलरुपमा प्रत्यक्ष जोडिएका थिए । चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका थिएनन् । 

    भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्‍याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएसंगै चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बनेको छ । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक यान अवतरण गराएका छन् ।

     

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend