कंगो । कंगोमा बाढी र पहिरोमा परी २०० भन्दा बढीको ज्यान गएको छ । कंगोको किवु प्रान्तको कालेह क्षेत्रमा भारी वर्षाका कारण सो क्षेत्रका दुई गाउँमा बाढीले धेरै नै क्षति पुगेको छ ।
सीबीएस न्यूजले प्रशासक थोमस बाकेङ्गालाई उद्धृत गर्दै कालेह क्षेत्रबाट २०३ जनाको शव संकलन गरिएको जनाएको छ । रेडक्रस लगायतका सहायताकर्मीको टोली उद्धार तथा राहत कार्यमा खटिएका छन् भने कंगोका डाक्टर एवम् नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगले पनि मेडिकल टोली प्रभावित क्षेत्रमा पठाइएको जानकारी प्राप्त भएको छ ।
दुई दिन अगाडि कंगोको छिमेकी देश रुवान्डामा पनि बाढी पहिरोबाट १०३ जनाको मृत्यु भएको थियो ।