Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आगलागी हुँदा कम्तीमा ११३ जनाको मृत्यु, १५० बढी घाइते 


१०, असोज २०८०
  • 213
    SHARES
  • आगलागी हुँदा कम्तीमा ११३ जनाको मृत्यु, १५० बढी घाइते 

    काठमाडौं । इराकको उत्तरी निनेभेह प्रान्तमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् । 

    स्थानीय अधिकारी र आपतकालीन सेवाका अनुसार आगलागीमा परी ठूलो मानवीय क्षति भएको छ । निनेभेहका डेपुटी गभर्नर हसन अल–अल्लाकले रोयटर्स समाचार एजेन्सीलाई भन्नुभयो , ‘अहिलेसम्म ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।’ स्थानीय समयअनुसार मंगलबार राति करिब १०ः४५ बजे (१९ः४५ जिएमटी) आगलागी सुरु भएको बताइएको छ ।

    निनभेहका प्रान्तीय गभर्नर नाजिम अल–जुबौरीले बुधबार बिहानसम्म आगलागीबाट हतातती हुनेको यकिन तथ्याङ्क आइनसकेको बताउनुभयो । उहाँले मृत्युकको संख्या बढ्न सक्ने बताउनुभएको छ । इराकको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल–बद्रले भन्नुभयो ‘दुर्भाग्यपूर्ण दुर्घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउन प्रयास भइरहेको छ ।’

    इराकको आधिकारिक आइएनए समाचार एजेन्सीले सो प्रान्तको हम्दानियाह जिल्लाको एउटा कार्यक्रम हलमा भइरहेको विवाह समारोहमा आगलागी हुँदा १५० जना घाइते भएको बताएको थियो । हम्दानियाह राजधानी बगदादको उत्तरपश्चिममा लगभग ४०० किलोमिटर (करिब २५० माईल) उत्तरी शहर मोसुलको बाहिर रहेको छ ।

    इराकको नागरिक रक्षाको प्रारम्भिक रिपोर्टहरूअनुसार उत्सवको समयमा प्रयोग गरिएको आतिशबाजीका कारण लागलागी भएको हुन सक्छ ।  ‘प्रारम्भिक जानकारीअनुसार विवाहको समयमा आतिशबाजीको प्रयोग भएको देखिएको छ, जसले हलमा आगो लाग्यो,’ नागरिक रक्षा अधिकारीहरूले बुधबार बिहान जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

    अल जजीराका महमूद अब्देलवाहेदले बगदादबाट रिपोर्ट गर्दै भन्नुभयो ‘इराकमा विवाह समारोहहरूमा आतिशबाजी गर्नु सामान्य विशेषता हो र आगलागी हुँदा करिब एक हजार मानिसहरू उत्सवमा उपस्थित थए ।’

    कार्यक्रम हलको निर्माणमा प्रयोग गरिएको अतिप्रज्वलनशील सामग्रीले आगो दन्कनका लागि मद्दत पुर्‍याएको थियो । अब्देलवाहेदले भन्नुभयो, ‘भवनमा आपतकालीन निकासहरूसहित उचित सुरक्षा उपायहरू उपलब्ध थिएन ।’

    इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले आगलागीको छानबिन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले देशका आन्तरिक र स्वास्थ्य अधिकारीहरूलाई राहत उपलब्ध गराउन भनेको उहाँको कार्यालयद्वारा जारी अनलाइन विज्ञप्तिमा भनिएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend