Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पोखरामा ‘किताब मेला’


२२, असोज २०८०
  • 144
    SHARES
  • पोखरामा ‘किताब मेला’

    गण्डकी । चाडबाडलाई लक्षित गरी पोखरामा ‘किताब मेला’ सुरु भएको छ । आइतबारदेखि न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरले किताब खरिदमा विशेष छुट योजनासहित मेला सुरु गरेको हो । रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीका अनुसार आउँदो कात्तिक चार गतेसम्म किताब मेला जारी रहने छ । 
     
    दसैँ, तिहारजस्ता पर्वका अवसरमा पाठकलाई सहुलियत दरमा पुस्तक उपलब्ध गराउन मेला आयोजना गरिएको उहाँले बताउनुभयो । “रिडर्स कर्नरको यो छैटौँ किताब मेला हो”, उहाँले भन्नुभयो, “चाडबाडको यामलाई किताबको किनमेल र पठन संस्कृतिसँग जोड्ने हाम्रो ध्येय हो ।”
     
    मेलामा किताब खरिद गर्दा विभिन्न छुट योजना ल्याइएको छ । रु १९ सय ९९ को किताब खरिदमा १० प्रतिशत, रु दुई हजारदेखि ३४ सय ९९ सम्मको किताब किन्दा १५ प्रतिशत, रु ३५ सयदेखि ४९ सय ९९ सम्मको किताबमा २० प्रतिशत छुट पाइनेछ । रु पाँच हजारदेखि माथिको किताब किन्दा २५ प्रतिशत छुट र दुई वटा किताब सित्तैमा दिइने सञ्चालक भण्डारीले बताउनुभयो ।
     
    पुस्तकालयका लागि रु १० हजारदेखि रु २५ हजार नौ सय ९९ सम्मको नेपाली साहित्यका किताब खरिद गर्दा २० प्रतिशत र अङ्ग्रेजी भाषाका किताब किन्दा १५ प्रतिशतसम्मको छुट पाइने जनाइएको छ । यस्तै नेपाली साहित्यतर्फ रु २६ हजारदेखि रु ४९ हजार नौ सय ९९ सम्मको किताबमा २५ प्रतिशत र अङ्ग्रेजी किताबमा २० प्रतिशत छुटको व्यवस्था रहेको उहाँले बताउनुभयो ।
     
    रु ५० हजारभन्दा माथिको नेपाली साहित्यको किताब किन्दा ३० प्रतिशत र अङ्ग्रेजी साहित्यको किताब किन्दा २५ प्रतिशत छुट दिइने उहाँको भनाइ छ । किताब मेलामा राखिएका कतिपय किताब ५० प्रतिशतसम्म छुटमा उपलब्ध गराइने रिडर्स कर्नरले जनाएको छ । 
     
    पोखरास्थित साझा प्रकाशनको शाखा कार्यालयमा पनि अहिले पुस्तक प्रदर्शनी चलिरहेको छ । यही असोज सात गतदेखि सुरु भएको प्रदर्शनी सोमबार सकिने कार्यालयका प्रमुख जीतेन्द्र लावतीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा राखिएका पुस्तकको बिक्रीमा न्यूनतम ३० देखि बढीमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । 
     
    वि.सं २०४० अघि प्रकाशित पुस्तकमा ५० प्रतिशत, वि.सं २०४० देखि वि.सं २०५० को बीचमा प्रकाशित पुस्तकमा ४० प्रतिशत र वि.सं २०५० यता प्रकाशित भएका पुस्तकमा ३० प्रतिशत छुट दिइएको प्रमुख लावतीले बताउनुभयो । प्रदर्शनीमा साझा र अन्य प्रकाशनका पुस्तक राखिएको छ । 
     
    प्रदर्शनीमा कला, साहित्य, इतिहास, संस्कृति, दर्शन, मनोरञ्जनलगायत विधाका पुस्तक राखिएको कार्यालयले जनाएको छ । साझा प्रकाशनले पनि बर्सेनि पुस्तक प्रदर्शनीको आयोजना गर्दै आएको छ । प्रदर्शनीबाहेकको समयमा पनि रु पाँच सयको पुस्तक किन्दा २० प्रतिशत र रु एक हजारसम्मको पुस्तक किन्दा २५ प्रतिशत छुट दिने गरिएको छ ।

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend