Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायललाई अमेरिकाद्धारा सैन्य सहायताको सम्भावना


२२, असोज २०८०
  • 171
    SHARES
  • इजरायललाई अमेरिकाद्धारा सैन्य सहायताको सम्भावना

    काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले हमासको आक्रमणपछि इजरायलका लागि नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको बताउनुभएको छ । अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो ।

    इजराइलले गरेको विशेष अतिरिक्त आग्रहलाई आफूहरुले हेरिरहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताएको सीएनएनले जनाएको छ ।

    आक्रमणहरूको सामना गर्न यो क्षणमा इजराइललाई आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति जो बाइडेन को निर्देशन रहेको पनि उहाँले उल्लेख गर्नु भएको छ ।

    अमेरिका इजरायलको पक्षमा छ । यसैबीच, इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग छुट्टाछुट्टै कुराकानी गर्नु भएको छ ।

    उहाँहरुबीच टेलिफोनमा कुराकानी भएको तर थप विवरण सार्वजनिक नगरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानले इजरायलमाथि आक्रमण गर्ने हमास समूहलाई समर्थन गरेको छ ।

    इजरायलमा हमासको आक्रमणबाट सात सय भन्दा धेरै जनाको ज्यान गएको छ । यस्तै, प्यालेस्टाइनतर्फ चार सय भन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

    अस्ति शनिवार बिहान हमास विद्रोहीले इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । दुवै पक्षबाट क्षेप्यास्त्र प्रहार सहित स्थलमार्गबाट गोलावारी भइरहेको बीबीसीले जनाएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend