Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश


२३, असोज २०८०
  • 189
    SHARES
  • घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश

    काठमाडौँ । चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्वखेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मङ्गलबार बताएको छ । सत्ताधारी कम्युनिष्ट पार्टीबाट बर्खास्त भएको एक दिनपछि चीनको खेलकुद प्रशासनका उपप्रमुख डु जाओकाईविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

    चिनियाँ राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि यस्ता गलत प्रवृत्तिलाई नियन्त्रणमा लिनुभएको छ । इमान्दार शासन सुनिश्चित गर्न यस्तो अभियानले सहयोग पुर्याउने समर्थकहरूको भनाइ छ तर यस्तो कदमले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउन राष्ट्रपति सिलाई अनुमति दिने आलोचकहरूले बताएका छन् ।

    “चीनको सर्वोच्च पिपुल्स प्रोक्योरमेन्ट (एसपीपी) ले घुस लिएको आशङ्कामा डु जाओकाईलाई पक्राउ गर्न आदेश दिएको छ”, सरकारी समाचार समिति सिन्ह्वाले भन्यो, “उक्त विषय अनुसन्धानका लागि प्रोक्युरेटोरियल अधिकारीहरूलाई पठाइएको थियो र राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानको निष्कर्षपछि आरोप लगाइएको हो ।”

    यसअघि शनिबार सिन्ह्वाले डुले गैरकानूनीरूपमा उपहार र पैसा स्वीकार गरेको तथा व्यवसाय सञ्चालन र कर्मचारी भर्तीमा फाइदा लिन आफ्नो पदको दुरुपयोग गरेको बताएको थियो । सीसीपीले उहाँलाई निष्कासन गर्नुका साथै उहाँको अवैध सम्पत्तिसमेत जफत गर्नेछ ।

    यस वर्ष चीनले अनुसन्धान गरेको खेलकुद क्षेत्रको भ्रष्टाचारका बढ्दो सङ्ख्यामा डुको नाम पनि समावेश थियो । उक्त सूचीमा चीनको उच्च व्यावसायिक फुटबल लिगका प्रमुख लिउ जुन र पूर्वराष्ट्रिय फुटबल कोच लि तेइ पनि समावेश छन् । उनीहरूलाई घुस लिएको र फौजदारी अभियोग लगाइएको छ ।

    गत जुनमा म्याच फिक्सिङ प्रकरणमा सामेल भएको आरोपमा चीनको राष्ट्रिय स्नकुर संस्थाले दुई खेलाडीलाई स्नुकर खेलबाट आजीवन प्रतिबन्ध लगाएको थियो । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend