Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार


९, कात्तिक २०८०
  • 117
    SHARES
  • अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार

    वासिङ्टन । बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले भरिएका छन् । 

    समाचारअनुसार सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमो अर्को स्थान एउटा स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको सङ्ख्या बढेर २२ पुगेको जानकारी दिनुभयो । 

    “मेरो बुझाइमा तिनीहरूसँग अस्थायी पहिचान छ...बलिङ एल्लीमा गोली चलाउनेको, २२ जना मारिएको पुष्टि भएको छ र धेरै नै घाइते भएका छन्”, म्याक्कार्थीले भन्नुभयो । 

    उहाँका अनुसार घाइतेहरूको उपचारका लागि सेन्ट्रल माइन वरपरबाट उद्धार सवारी साधन पुगेका थिए र दुई लेविस्टन अस्पतालले उनीहरूको उपचारका लागि बिदामा बसेका सबै कर्मचारीलाई बोलाएको छ । 

    अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज भइरहेका बेला राष्ट्रपति जो बाइडेनले फोन गरेर माइनका गभर्नर, दुई सिनेटर र एक स्थानीय काङ्ग्रेसका सदस्यलाई फोन गरेर सङ्घीय सहयोग प्रस्ताव गर्न आग्रह गर्नुभएको ह्वाइट हाउसले बताएको छ । 

    स्थानीय प्रहरीले बलिङ एल्लीभित्र अर्ध–स्वचालित हतियार लैजाँदै गरेका एक बन्दुकधारीको फोटो फेसबुकमा पोस्ट गरेको छ । 

    पछि प्रहरीले ४० वर्षीय रोबर्ट कार्डका लागि एउटा बुलेटिन जारी गर्दै सामूहिक गोलीबारीका संदिग्धलाई ‘सशस्त्र र खतरनाक मान्नु पर्छ’ भनेको छ । “यदि तपाईँ उसको ठेगानाबारे जान्नुहुन्छ भने कृपया कानून प्रशासनसँग सम्पर्क हुनुहोस् ।”

    प्रहरीले एउटा सेतो एसयुभीको तस्बिर पनि जारी गरेको छ । प्रहरीले गाडीको अगाडिको बम्बर कालो रङको हुनसक्ने भन्दै गाडीको पहिचानका लागि सार्वजनिक सहयोगका लागि आग्रह गरेको छ । 

    “कानून प्रशासनले दुई सक्रिय बन्दुकधारी घटनाको अनुसन्धान गरिरहेको छ”, एन्ड्रोस्कोगिन काउन्टी शेरिफ विभागले फेसबुकमा लेखेको छ, “अनुसन्धान गर्ने क्रममा हामी सबै व्यवसायलाई बन्द गर्न वा बन्द गर्न प्रोत्साहित गरिरहेका छौँ, संदिग्ध अझै फरार छ ।”

    माइनका गभर्नर जेनेट मिल्सले लेविस्टनमा सक्रिय बन्दुकधारीको स्थितिबारे आफू अवगत भएको र यसको जानकारी आफूलाई दिइएको बताउनुभयो । 

     कानून प्रशासनलाई उद्धृत गर्दै सीएनएनले घटनामा कम्तीमा ५० देखि ६० मानिस घाइते भएको तर गोलीबारीबाट कति मानिस घाइते भएका हुन् भन्नेबारे स्पष्ट नभएको बताएको छ । 

    लेविस्टन माइनको दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो । यो माइनको सबैभन्दा ठूलो सहर पोर्टल्यान्डबाट करिब ५० किलोमिटर उत्तरमा पर्छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend