भारत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली भारतको राजधानी दिल्ली पुगेका छन्। बुधबार ४ दिने भारत भ्रमणका लागी निस्केका प्रधानमन्त्री प्रचण्ड सहितको टोली भारत पुगेको हो ।
दाहालसँग ५ जना मन्त्री, ४७ जना सरकारी, ४१ जना निजी उद्योग व्यवसाय क्षेत्रका, ५ जना मिडिया प्रतिनिधि र डेढ दर्जन सचिव तथा सहसचिवहरू रहेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च पदस्थ व्यक्तिहरूलाई भेट्ने कार्यसूची रहेको जनाइएको छ ।
भेटघाटका क्रममा नेपाल र भारतको बीच केही सम्झौता हुने समेत बताइएको छ।