Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सोह्रौं योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न(फोटोफिचर सहित)


२४, कात्तिक २०८०
  • 275
    SHARES
  • सोह्रौं योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न(फोटोफिचर सहित)

    लुम्बिनी ।  राष्ट्रिय योजना आयोगले सोह्रौं योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम लुम्बिनीमा सम्पन्न गरेको छ । आयोगले लुम्बिनी प्रदेशका १०९ वटै पालिकालाई समेटेर सोह्रौं योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो । 

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले संघीय शासन प्रणालीको मर्म अनुरुप हुनुपर्ने बताउनुभयो । उहाँले तीन तहले गरेका विकासको प्रयासलाई मार्गदर्शन एवम् समन्वय गर्न आवश्यक रहेको औल्याउनुभयो । मन्त्री पाण्डेयले विगतका विकास प्रयास र उपलब्धीको यथार्थ मूल्यांकन गर्दै सबै निकाय र पदाधिकारीले आ–आफ्नो तहमा जिम्मेवार एवम् ईमान्दारिताका साथ देशको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

    त्यसैगरी योजना आयोगका सदस्य डा. रमेश पौडेलले सोह्रौँ योजनाको प्रस्तावित मस्यौदा उपर छलफलका क्रममा प्राप्त सुझावहरूलाई योजनामा यथोचित सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी आयोगका सहसचिव महेश भट्टराईले चालु पन्ध्रौँ योजनाको पहिलो चार वर्षको प्रगति अवस्थाको समीक्षासहित प्रस्तावित सोह्रौँ योजनाको आवश्यकता र यसको प्रारम्भिक मस्यौदाले समेटेका विषयवस्तुको बारेमा प्रस्तुत गर्नुभएको थियो ।

    लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल के.सीले प्रदेशका योजना र त्यसको कार्यन्वयनमा यस अन्तरक्रिया कार्यक्रमले सहज र प्रभावकारी हुने कुरामा जोड दिनुभयो ।

     कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु,प्रदेश योजना आयोगका उपाध्यक्ष,प्रमुख सचिव, प्रदेश योजना आयोगका सदस्यहरू, लुम्बिनी प्रदेश भित्रका जिल्ला समन्वय समितिका प्रमुखहरू, प्रदेश मन्त्रालयका सचिवहरू, प्रदेश भित्रका सबै नगरपालिका तथा गाउँपालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

    1699614799116.jpg
    1699614799169.jpg
    1699614799140.jpg
    1699614799223.jpg
    1699614799194.jpg
    1699614799128.jpg
    1699614799116.jpg
    1699613087985.jpg

    1699613088004.jpg

  • नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी

    काठमाडौं । नेपाल प्रशासन सेवाका वरिष्ठ सहसचिव नारायणप्रसाद भट्ट राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा

  • खसीको मूल्य, बाख्रीको मासु : रातोपुलमा उपभोक्ता ठगीको आरोपमा तीन पक्राउ

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा उपभोक्तालाई ठगी गरेको आरोपमा राजधानीको रातोपुल क्षेत्रमा प्रहरीले तीन जनालाई

  • बाढीमा ज्यान गुमाएकाका शव तनहुँको जङ्गलमा व्यवस्थापन गरिँदै

    दमौली (तनहुँ) । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका र त्रिशूली नदीमा फेला परेका तर हालसम्म

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend