Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

क्रिकेट विश्वकप फाइनलमाः भारतमा प्रार्थना


२, मंसिर २०८०
  • 214
    SHARES
  • क्रिकेट विश्वकप फाइनलमाः भारतमा प्रार्थना

    काठमाडौं। क्रिकेट विश्वकप फाइनल हुँदै गर्दा भारतभर क्रिकेटप्रेमीहरूले जितको कमाना गर्दै प्रार्थना गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबारर क्रिकेट विश्वकपको फाइनल खेलमा उपस्थित हुने अपेक्षा गरिएको छ ।  

    क्रिकेटको विश्वव्यापी महत्त्वको खेल प्रदर्शनीको १० स्थानमा १० टोलीबीच ४६ दिनसम्म चलेको ४८ खेलसहितको म्याराथन प्रतियोगिता आइतबार ब्लकबस्टर फाइनलमा सम्पन्न भएको छ ।

    भारतको पश्चिमी गुजरात राज्यको अहमदाबादमा पाँच पटकको च्याम्पियन अष्ट्रेलिया विरुद्ध आइतबारको फाइनलमा पुग्ने क्रममा सबै १० खेल जित्दै भारत विश्वकपको उत्कृष्ट टोली बनेको छ।

    प्रधानमन्त्री मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसले खेलको अवलोकन गर्नुहुने गुजरात राज्य सरकारले शनिबार जनाएको छ ।

    क्रिकेट प्रेमीका साथसाथै उत्सवमा एयरफोर्स फ्लाईपास्ट, लाइट र लेजर शो, र इनिङ्स ब्रेकमा सयौं नर्तकहरूले बलिउड हिट गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) जनाएको छ । 

    क्रिकेटमा बलियो भए तापनि भारत सन् २०१३ च्याम्पियन्स ट्रफीपछि भने लामै समय अन्तरराष्ट्रिय उपाधिविहीन बनेको छ । करिब १४० करोड भारतीय जनता चरम क्रिकेटप्रेमी छन् जो अधैर्य छन् जसको तनमन क्रिकेटको पिचमा पुगेको छ ।

    फ्यानहरूले भारतको जितको कामना गर्दै देशभर विशेष प्रार्थनाहरू आयोजना गरिरहेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

    स्थानीय पसलहरूमा विराट कोहलीलगायत भारतीय क्रिकेट नायकहरूका पोस्टरहरू छ्पाप्याप्तिसँगै अहमदाबाद उत्साह र प्रत्याशाले गुन्जिएको छ ।

    शहरका सडकहरूमा सुरक्षा बलको ठूलै तैनाथी गरिएको छ। होटलहरू पूर्ण रूपमा खचाखच भरिएका छन् सामान्य मूल्यभन्दा धेरै गुणा बढीमा होटलहरू बुक गरिएका समाचार सार्वजनिक भएका छन्। यो खेल विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान जुन १ लाख ३२ हजार क्षमताको नरेन्द्र मोदी रङ्गशालामा आयोजना हुँदै छ ।

    सन् २०१४ मा प्रधानमन्त्री हुनु अघि गुजरातको राज्य सरकारको नेतृत्व गर्दा हिन्दु राष्ट्रवादी नेताको घरेलु परियोजनाहरू मध्येको यो एक रङ्गशाला परियोजना थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend