Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

ट्याक्सी व्यवसायी आन्दोलित

व्यवसायी आफैंले राखे सडकमा पार्किङ बोर्ड


२४, वैशाख २०८०
  • 194
    SHARES
  • व्यवसायी आफैंले राखे सडकमा पार्किङ बोर्ड

    काठमाडौं । काठमाडौं महनागरपालिकाले सडक किनारमा पार्किङ गर्न नदिएपछि ट्याक्सी व्यवयसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरु आफैंले पार्किङ बोर्ड राखेर ट्याक्सी पार्किङ गरेर विरोध जनाएका छन् ।

    महानगरका विभिन्न क्षेत्रमा ट्याक्सी व्यवसायीहरु विरोध जनाउँदै आफैंले पार्किङ लेखेको स्ट्यान्ड राखेका छन् । ट्राफिक प्रहरीका अनुसार ट्याक्सी चालकहरुले राखेका स्ट्यान्ट हटाउन खोज्दा केही बेर तनाब सिर्जना भएको थियो । ट्राफिक प्रहरीसहित नेपाल प्रहरीले बल प्रयोग गर्न खोजेपछि एक घण्टा मैतीदेवी चोकमा सडकमै व्यवसायीहरुले ट्याक्सी तेर्साएका थिए । त्यसपछि अहिले मैतीदेवीमा करिब २५ वटा ट्याक्सीहरु एक साइटमा पार्किङ गरेर आवागमन गर्ने अन्य सवारीलाई छेकेका छैनन् । एक घण्टा अवरुद्ध गरेपछि ५ जना ट्याक्सी व्यवसायीहरु ट्राफिक प्रहरी सहित महानगरपालिकामा वार्ताको लागि गएका छन् ।

    काठमाडौं महानगरपालिकाले भने अनधिकृत रुपमा ट्याक्सी पार्किङ गरेर समस्या सिर्जना गरेको बताएको छ । ‘हामीले पार्किङ दिन नमिल्ने ठाउँमा बोर्ड हटाएका थियौं, अहिले सुन्धारा मैतीदेवी लगायत स्थानमा आफैंले बोर्ड राखेर ट्याक्सी पार्किङ गरिरहेका छन्’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने । उनका अनुसार महानगरपालिका र ट्राफिक प्रहरीसँग छलफल नै नगरी अनधिकृत बोर्ड राखेको भन्दै महानगरपालिकाले सम्बन्धित वडा कार्यालय, ट्राफिक प्रहरसँग छलफल गरेर कारबाही गर्ने जनाए ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend