काठमाडौं । प्रहरीले नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देही लगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाईएपछि पक्राउ गरिएको हो ।
भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा उनीहरुले किर्ते कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले तीन महिना लामो अनुसन्धान पछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ सफल भएको हो ।
प्रहरीले उनीहरुको साथबाट नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र समेत बरामद गरको छ ।