बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ को कोशेली भवनमा एक युवतीमाथि बलात्कारको प्रयास भएको छ । गएराती नौ बजेको समय सो घटना भएको स्थानियले बताएका छन ।
घटना भएको स्थल कोसेली भवन नजिकै घर भएकी स्थानिय देवी थापाले कसैले चिच्याएर गुहार मागेको आवाज सुनेको र ठम्याउन नसकी घरको छतमा गएर सुन्दा युवतीले गुहार मागेको सुनेपछी अरु स्थानियलाइ बोलाएर सो स्थलमा पुग्दा एक युवक त्यहाबाट भागेको बताइन ।
उनका अनुसार कोसेली भवनको शैचालयभित्र युवतीलाई लगेर जबरजस्ती गर्ने क्रममा युवतीले लगाएको कपडा सङ्गै हातको बाउला च्यातिएको अवस्थामा रहेको बताइन । युवतीले बताए अनुसार अफिसबाट फर्कने क्रममा बनचौकीको बाटो हुँदै घर जानेक्रममा कसैले मुखमा हातले छोपेर घाँटी अठाउँदै शौचालयभित्र लगेको र जबर्जस्तिकरणी गर्न खोजेको बताएको स्थानियले बताए ।
हामिले यस बिषयमा थप जानकारी लिन देवदह प्रहरी चौकीमा सम्पर्क गर्दा प्रहरी निरिक्षक रनिराम थारुले पनि स्थानियले भनेकै कुरा दोहोराए ।
स्थानियले प्रयोगमा नआएको कोसेली भवन लागुऔषध खाने, विभिन्न अनैतिक क्रियाकलाप गर्नेहरुको अड्डा र बिहानपख टाढा अध्यन गर्न जाने विद्यार्थी, कामदार र साझ काम गरेर घर फर्कनेहरुका लागि सो स्थल खतराको केन्द्र बन्दै गएको बताए । राज्यको झण्डै पाँच करोड खर्चिएर भवन निर्माण भएको वर्षौ बित्दा पनि नगरपालिकाले भवनलाई प्रयोगमा ल्याउन सकेको छैन ।
नगरप्रमुख ध्रुवप्रसाद खरेलले भवन संचालन कार्यविधी बनाईसकेको र छिट्टै सन्चालनमा ल्याउने बताएको नै बर्ष दिन बितिसकेको छ । यसरी नगरपालिकाले बनाएको कोशेली भवनको प्रयोगमा नगरपालिका ले नै ध्यान नपुग्दा समाजका खराब तत्वहरूले यसको दुरुपयोग गर्ने खतरा बढ्दै गएको छ ।