भारत ।
भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति पर्यटकहरु चढेको डुंगा दुर्घटना २१ जनाको ज्यान गएको हो ।
सो डुंगामा छुट्टीमा घुम्न आएकाहरु भएको र मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु रहेका छन् । दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको प्रहरीले जनाएको छ ।
४० जना सवार रहेको सो डुंगा गएराति दुर्घटनामा परेको थियो हाल हराईरहेकाहरुको खोजी र उद्धार कार्य जारी रहेको छ ।