यूएई । "हामी नेपाली ग्लोबल"को दुबई च्याप्टरको नयाँ कार्य समिति चयन भएको छ । समितिले गोविन्द पन्तको नेतृत्वमा २५ कार्यसमिति गठन गरेको हो ।
जसको प्रथम उपाध्यक्ष भिम बहादुर तामाङ, द्धितीय उपाध्यष विष्णु पन्थी, तृतिय उपाध्यक्ष खेमराज लामिछाने महासचिव शुसिल बस्याल,सचिव चन्द्र सागर लामा,सह सचिव निर्मला गोले,कोषध्यक्ष रबीन तामाङ,सह कोषाध्यक्ष बुद्ध मोक्तान रहेका छन् । त्यसै गरी बोर्ड अफ डाइरेक्टरहरुमा अमृता वि.क.,लक्ष्मी गोले,सुरेश लामा,घनेन्द्र तामाङ,शर्मिला तामाङ,पूर्ण बहादुर तामाङ,चन्द्र योन्जन,साबित्री पन्त,प्रवीन तामाङ,माइला लामा,शम्भु वाईवा,गीता देवी तामाङ,देवी भण्डारी,जीना तामाङ,राजन खड्का र रेनु मगर चयन भएका रहेका छन् ।
संसार भरि रहेका सम्पूर्ण नेपालीहरुलाई समन्वय गरि नेपाल नेपालीहरुमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जागरण ल्याई सिकेको सिप, ज्ञान र अनुभवलाई एकिकृत गरि नेपाल र नेपालीको हितमा काम गर्नुका साथ कृषि पर्यटन, शिक्षा स्वास्थ्य लगायत नेपाली कला संस्कृति मौलिकताको प्रवद्र्धन, सम्वद्र्धन अनि संरक्षण गर्ने उद्धेश्य सहित संस्थाको गठन भएको हो ।
सो संस्थाको केन्द्रिय कार्यालय संयुक्त राज्य अमेरिकामा रहेको छ । विश्वको ४० भन्दा धेरै देशहरुमा भगेनि संस्था रहेको “हामी नेपाली ग्लोबल” दुबई च्याप्टर कार्यक्रममा मध्येपूर्व संयोजक आशा लामा, यूएईको अध्यक्ष दिल लामा, उपाध्यक्ष महेश तामाङ कोषाध्यक्ष सन्तोष आचार्य महासचिव सुरेन्द्र लामाको उपस्थिती रहेको थियो ।