Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्रको पहिलो साता हुने


२, माघ २०८०
  • 239
    SHARES
  • नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्रको पहिलो साता हुने

    काठमाडौँ । सातौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत्रको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।

    आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव आगामी चैत्र १ देखि ५ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो । 

    महोत्सवमा ६० देशका ५ सय बढि फिल्मबाट छनौट भएका ४० देशका ८८ फिल्म देखाइने प्रतिष्ठानले जनाएको छ । महोत्सवलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय दुई भागमा बिभाजन गरि दुवै भागमा फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने निफ आयोजक समितिका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

    महोत्सवमा अन्तराष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशी सहित गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै बिभिन्न विधामा उत्कृष्ट फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्रलाई पुरस्कृत गरिने पाठकले बताउनुभयो । 

    अध्यक्ष पाठकले राम्रा धेरै चलचित्रकाबीच केहि चलचित्र मात्रै छान्न सफल भएको धारणा राख्नुभयो । महोत्सवका क्रममा आएका सुझावहरुलाई चलचित्र बिकास बोर्डमार्फत सरकारलाई बुझाइने उहाँले बताउनुभयो । 

    पत्रकार सम्मेलनमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले महोत्सवका क्रममा राष्ट्रिय र अन्तराष्ट्रिय समूदायबीच अनुभव आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले महोत्सवलाई बिकास बोर्डले आवश्यक सहयोग गर्ने जिकिर गर्नुभयो । 

    अध्यक्ष केसीले बोर्डको सिमित अधिकारका कारण नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुराउन समस्या भएको गुनासो गर्नुभयो । महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । 

     

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend