Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गाजामा थप सामग्री वितरणको संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसद्वारा स्वागत


५, माघ २०८०
  • 177
    SHARES
  • गाजामा थप सामग्री वितरणको संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसद्वारा स्वागत

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कतार र फ्रान्सको नेतृत्वमा गाजामा रहेका सर्वसाधारणलाई थप र अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पुर्‍याउन र गाजामा बन्धक बनाइएका व्यक्तिहरूलाई अत्यावश्यक औषधि पुर्‍याउन गरिएको अभियानको स्वागत गर्नुभएको छ । 

    गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भन्नुभयो, “गाजामा यी अत्यावश्यक सामग्री र मानवीय सहायताको प्रवेश उत्साहजनक छ, तर गाजा पट्टीमा अझै धेरै सहायता आउन आवश्यक छ ।” दुजारिकका अनुसार संयुक्त राष्ट्रसङ्घका प्रमुखले अत्यावश्यक सामग्री र मानवीय सहायताका लागि कतार र फ्रान्सको प्रयासको पनि प्रशंसा गर्नुभएको छ ।

    महासचिवले तत्काल मानवीय युद्धविरामका लागि आफ्नो अपिल र बन्धकहरूलाई तत्काल र बिनाशर्त रिहा गर्न र उनीहरूको मानवीय व्यवहारका लागि आफ्नो आह्वान पनि दोहोर्‍याउनु भएको छ ।

    गुटेर्रेसले गाजामा पर्याप्त मानवीय सहायता आवश्यक पर्ने ठाउँमा पुर्‍याउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै गाजा पट्टीमा आधारभूत वस्तु ल्याउन निजी क्षेत्रलाई पुनः सक्रिय बनाउन आग्रह गर्नुभएको छ । महासचिवले यस क्षेत्रमा बढ्दो तनावबारे चिन्ता व्यक्त गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको दुजारिकले बताउनुभयो । 

    कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार गाजा पट्टीमा इजरायली बन्धक र सर्वसाधारणका लागि औषधि र अन्य मानवीय सहायता बुधबार उक्त क्षेत्रमा प्रवेश गरेको कतारले जनाएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend