Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

श्रीलङ्काको दक्षिणी क्षेत्रमा गोली चल्दा ५ जनाको मृत्यु


८, माघ २०८०
  • 164
    SHARES
  • श्रीलङ्काको दक्षिणी क्षेत्रमा गोली चल्दा ५ जनाको मृत्यु

    कोलम्बो । श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना भएको बताउनु भएको छ । 

    चार जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ताले जनाकारी दिनु भएको छ । उक्त घटना लीबारी स्थानीय समय अनुसार बिहान ७:४५ बजे भएको थियो । गाडीमा यात्रा गरिरहेको अज्ञात समूहले जीपमा रहेको अर्को समूहमा गोली चलाउदा सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले सो गोली प्रहार सङ्गठित आपराधिक समूहले गरेको हुन सक्ने आशंका गरेको छ । श्रीलङ्काले डिसेम्बर १७ देखि लागुऔषध ओसारपसार र सङ्गठित आपराधिक गतिविधिलाई रोक्नको लागि अभियान विशेष शुरु गरेको छ । सो अभियानमा गत हप्तासम्म ४० हजार भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend