Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अयोध्याको झलक दिन मटिहानीमै राम, सीताको मूर्ति


८, माघ २०८०
  • 190
    SHARES
  • अयोध्याको झलक दिन मटिहानीमै राम, सीताको मूर्ति
    महोत्तरी । आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ । अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुशरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति (प्रतिमा) तयार गरेको हो ।
     
    निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित गरिँदैछ । लक्ष्मीनारायण मठ मुलुकका सबै मठको नायक मानिन्छ । श्रीरामको बालरूप प्रतिमा आज अयोध्यामा निर्मित राममन्दिरमा प्राणप्रतिष्ठा गरिने कार्यक्रमको झलक दिनेगरी लक्ष्मीनारायण मठमा उक्त प्रतिमा स्थापित गरेर प्राणप्रतिष्ठा गर्न लागिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।
     
    “स्थापित परम्पराअनुसार धार्मिक विधिका साथ मठमा श्रीराम र जानकीको प्रतिमा स्थापित गरेर आजै प्राणप्रतिष्ठा गरी पूजाअर्चना थालिनेछ”, नगरप्रमुख मण्डलले भन्नुभयो,“रामलीला (श्रीरामको बालस्वरुप)को प्रतिमा अयोध्यामा प्राणप्रतिष्ठा गरिने कार्यक्रम सँगसँगै हामी यहाँको प्रतिमा स्थापनाको काम सक्छौँ ।” अहिले जताततै बन्दै गएको श्रीराममय परिवेशको साक्षात अनुभूति नगरवासीलाई गराउन प्रतिमा बनाएर स्थापित गर्न लागिएको उहाँको भनाइ थियो ।
     
    प्रतिमा स्थापित र प्राणप्रतिष्ठाको कार्यक्रमसँगै जोडेर अहिले बिहान पवित्र लक्ष्मीसागरमा आरती भइरहेको छ । लक्ष्मीसागर तलाउ अघि त्रेतायुगमा श्रीराम र सीताको विवाहमा यज्ञ वेदी बनाउन माटो खनिएको पवित्रस्थल मानिन्छ । 
     
    आज साँझ लक्ष्मीनारायण मठमा महाआरती र सांस्कृतिक उत्सवका कार्यक्रम आयोजना गरिँदैछ । यो धार्मिक समारोहको तयारीमा मटिहानीस्थित लक्ष्मीनारायण मठ परिसर, लक्ष्मीसागर र वरपर दुलही झैँ सिँगारिएको छ । शिल्पकार राजु लालले १५ दिन लगाएर उक्त प्रतिमा कुँदनुभएको हो । प्रतिमा बनाउन काठका २० वटा प्लाई (फलेक) प्रयोग भएका उहाँले बताउनुभयो ।
     
    आइतबार जलेश्वर, मटिहानी र मनराशिशवा नगरपालिकाले आआफ्ना नगरक्षेत्रमा नगर शोभायात्रा गरेका र आज जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजाअर्चनाका कार्यक्रम भइरहेको छ । श्रीरामलीलाको प्रतिमा प्राणप्रतिष्ठाको उत्सव मनाउन मनराशिशवा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend