Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न फ्रान्सले अन्तरिक्ष यान पठाउने


१२, माघ २०८०
  • 141
    SHARES
  • गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न फ्रान्सले अन्तरिक्ष यान पठाउने

    काठमाडौँ । फ्रान्सले गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न अन्तरिक्ष यान पठाउने भएको छ ।

    युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले गुरुत्त्वाकर्षण तरङ्ग अर्थात् अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिक रहेको शुक्र ग्रहको रहस्य पत्ता लगाउनेसहित दुई वटा यान पठाउन फ्रान्सलाई अनुमति दिएको छ ।

    लेजर इन्टरफेरोमिटर स्पेस एन्टेना .एलआईएसए) अन्तरिक्षबाट गुरुत्त्वाकर्षण तरङ्गहरूको अध्ययन गर्ने पहिलो मिसन बन्ने ईएसएले दाबफ गरेको छ ।

    यो रकेटमार्फत् सन् २०३५ मा प्रक्षेपण गर्ने योजना छ । मिसनमा तीन वटा अन्तरिक्ष यानको प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीले जनाएको छ ।

    यस्तै, ईएसएले आधिकारिकरूपमा अर्को एनभिजन मिसनलाई पनि अनुमति दिएको छ । यो सन् २०३१ मा शुक्र ग्रहतर्फ उड्ने खबरमा उल्लेख छ  ।

    मिसनबाट शुक्र ग्रहको इतिहास, भौगोलिक गतिविधि र जलवायुमा नयाँ महत्त्वपूर्ण नयाँ अन्तरदृष्टि प्राप्त गर्ने अपेक्षा गरिएको ईएसएले जनाएको छ । ईएसएका अनुसार यो राडार प्रविधिको प्रयोग गरेर अत्यधिक तातो ग्रहको सतहमुनि प्रत्यक्षरूपमा अनुसन्धान गर्ने पहिलो मिसन हुनेछ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend