Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आईएमएफ सम्झौताबारे मिलेर काम गर्न राष्ट्रपति विक्रमासिङ्घेको आग्रह


१३, माघ २०८०
  • 150
    SHARES
  • आईएमएफ सम्झौताबारे मिलेर काम गर्न राष्ट्रपति विक्रमासिङ्घेको आग्रह

    कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएको सम्झौतामा देशको अडान र कुनै संशोधन आवश्यक छ कि छैन भन्ने विषयमा छलफल गर्न संसद्मा रहेका सबै राजनीतिक दलका नेतालाई आग्रह गर्नुभएको छ । 

    राष्ट्रपति विक्रमासिङ्घेले सम्झौता कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशकसँग छलफल गर्न आफूले नेताहरूलाई निमन्त्रणा गरेको राष्ट्रपतिको सञ्चार महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उहाँले राजनीतिक दलले सहकार्य गरेर विभिन्न दृष्टिकोणको खोजी गर्नुपर्ने र लाभप्रद ठानेमा संशोधन प्रस्ताव गर्नुपर्ने बताउनुभयो । सम्झौताका लागि संशोधन प्रक्रिया छलफलका लागि खुला भए पनि विद्यमान सम्झौतालाई स्वीकार गरी त्यसको कार्यान्वयनका लागि काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

    राष्ट्रपति विक्रमासिङ्घेले देशलाई सफलतातर्फ डोर्‍याउन एकताको महत्वमा जोड दिँदै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सम्झौताबाट पछि हट्दा श्रीलङ्काको अर्थतन्त्रप्रतिको विश्वास खतरामा पर्ने बताउनुभयो । 

    प्रतिबद्धताको राजनीतिका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको उल्लेख गर्दै उहाँले निर्वाचनको तयारीमा सबै राजनीतिक दलले मुलुकको विकासका लागि व्यापक योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

    मार्च २०२३ मा, आईएमएफले श्रीलङ्काको आर्थिक नीति र सुधारलाई समर्थन गर्न लगभग तीन अर्ब अमेरिकी डलरको ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend