Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जोर्डनमा ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु, कैयौँ घाइते


१५, माघ २०८०
  • 192
    SHARES
  • जोर्डनमा ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु, कैयौँ घाइते

    वासिङ्टन डिसी । अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्युभएको अमेरिकाले जानकारी गराएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाको सीमा नजिक उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको बताउनुभएको हो ।

    राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रशासनले आक्रमणका बारेमा अझै पनि सत्य तथ्य सङ्कलन गरिरहेको बताउनुभएको छ । यद्यपि उहाँले सिरिया र इराकमा सक्रिय इरान समर्थित लडाकू समूहलाई यस आक्रमणको लागि जिम्मेवार भएको दावी गर्नुभएको छ ।

    अमेरिकी सेन्ट्रल कमाण्डले एक छुट्टै विज्ञप्ति जारी गर्दै एकतर्फी ड्रोनबाट गरिएको आक्रमणमा घाइते सैनिकको सङ्ख्या २५ पुगेको पुष्टि गरेको छ । बाइडनले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले सबै जिम्मेवार व्यक्तिहरूलाई हाम्रो कानुन अनुसार सजाय हुनेछ ।

    सन् २०२३ अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएयता सिरिया र इराकमा रहेका अमेरिकी सेनामाथि बारम्बार आक्रमण हुँदै आएको छ । 

    यस क्षेत्रमा इरान समर्थित लडाकूहरूविरुद्ध अमेरिकी प्रतिशोधात्मक आक्रमणहरू अहिलेसम्म उनीहरूलाई रोक्न असफल भएका छन् जसले गर्दा पहिलो पटक आक्रमणमा अमेरिकी सैनिकहरूको मृत्यु भएको छ । यसैबीच, इरानले जोर्डनमा भएको ड्रोन आक्रमणमा आफ्नो कुनै सम्लग्नता नरहेको बताएको छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend