Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

युद्धविराम वार्ताका लागि हमास प्रमुख कायरोमा


१८, माघ २०८०
  • 222
    SHARES
  • युद्धविराम वार्ताका लागि हमास प्रमुख कायरोमा

    गाजापट्टी । इजराइलले घेरामा हालेको प्यालेस्टिनी क्षेत्रमा आफ्ना आक्रमणलाई जारी राखेकाले गाजामा प्रस्तावित युद्धविरामबारे छलफल गर्न हमासका नेता बिहीबार कायरो आइपुग्नुहुने अपेक्षा गरिएको थियो । 

    हमासले इजराइलसँग आफ्नो युद्धमा छ साताको युद्धविरामको प्रस्तावको समीक्षा गरिरहेको एक स्रोतले एएफपीलाई बताएको छ । पेरिसमा मध्यस्थकर्ताहरू भेला भएपछि विनाशकारी युद्धको गतिमा नयाँ विरामको दिशामा अन्तर्राष्ट्रिय प्रयास भइरहेको थियो । 

    गाजामा युद्ध वा हवाई बमबारीमा कुनै कमी आएको छैन । युद्धको वर्तमान ध्यान मुख्य दक्षिणी सहर खान युनिसमा रहेको छ । त्यहाँ हमासका प्रमुख लडाकूहरू लुकेर बसेको इजराइलले बताएको छ ।

    प्रत्यक्षदर्शीहरूका अनुसार  सहरमा रातभर धेरै इजराइली हवाई हमला भएको छ । सहायता तथा स्वास्थ्य कार्यकर्ताहरूले विशेषगरी दुई अस्पताल वरपर धेरै दिनदेखि ठूलो युद्धको सूचना दिएका छन् । 

    प्यालेस्टिनी क्षेत्रका लागि अन्तर्राष्ट्रिय एनजिओ डक्टर्स विदआउट बोर्डर्सका प्रमुख लियो क्यान्सले भन्नुभयो, “अहिले पनि नरसंहार भइरहेको छ ।”

    इजराइलले हमासमाथि गाजामा अस्पतालहरूमुनिका सुरुङबाट सञ्चालन गरेको र चिकित्सा संस्थाहरूलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरिरहेको आरोप लगाएको छ । हमासले उक्त आरोपलाई अस्वीकार गरेको छ । हमासलाई युरोपेली सङ्घ (इयु) र अमेरिकाले ‘आतङ्कवादी’ सङ्गठनको संज्ञा दिएका छन् । 

    विश्व स्वास्थ्य सङ्गठनका आपत्कालीन निर्देशक माइकल रयानले मानवीय सहायता वितरणमा अवरोधका कारण जनसङ्ख्या ‘भोकै मरिरहेको’ बुधबार बताउनुभयो । “गाजाका बासिन्दा यो द्वन्द्वका पक्षहरू होइनन् र उनीहरूलाई उनीहरूको स्वास्थ्य सुविधाजस्तै सुरक्षित गरिनुपर्छ”, उहाँले भन्नुभयो । 

    पछिल्लो अपडेटमा संयुक्त राष्ट्रसङ्घले गाजापट्टी विशेषरूपमा खान युनिसमा व्यापक बमबारीको सूचना दिएको छ । उसले खान युनिस सहरबाट एक लाख ८४ हजार प्यालेस्टिनी आफ्नो घर छाडेर भागेपछि मानवीय सहायता प्राप्त गर्नका लागि दर्ता गरेको बताएको छ । 

    कतार र इजिप्टको नेतृत्वमा मध्यस्थताको प्रयास तीव्र हुँदै गर्दा हमास नेता इस्माइल हानियेह गत साता पेरिसमा पारित एउटा युद्धविराम प्रस्तावमाथि छलफल गर्न बिहीबार सिआइए प्रमुख विलियम बर्न्ससँग कायरो आउँदै हुनुहुन्थ्यो । तीन चरणको योजना युद्धको सुरुआती छ साताको विरामका साथ सुरु हुने र यसबाट गाजापट्टीमा थप सहायता पुर्याइने हमासको एक स्रोतले बताएको छ । 

    वार्ताको संवेदनशीलताका कारण नाम नछाप्न अनुरोध गर्दै स्रोतले इजराइलमा प्यालेस्टिनी बन्दीहरूको बदलामा उक्त चरणमा हमासले नियन्त्रणमा राखेका ‘महिला, बालबालिका र ६० वर्षभन्दा धेरै उमेरका बिरामी पुरुष’ लाई मात्र मुक्त गरिने बताएको छ ।

    “इजराइली सेनाको फिर्तीलाई लिएर पनि वार्ता हुनेछ”, स्रोतले भनेको छ । स्रोतका अनुसार सम्भावित अतिरिक्त चरणहरूमा थप बन्धक–बन्दी आदान प्रदान पनि समावेश हुनेछ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend