Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चिलीमा भीषण आगलागी हुदाँ कम्तिमा ५१ जनाको मृत्यु


२१, माघ २०८०
  • 199
    SHARES
  • चिलीमा भीषण आगलागी हुदाँ कम्तिमा ५१ जनाको मृत्यु

    काठमाडौँ । मध्य चिलीमा जङ्गलमा लागेको आगोले भीषण रुप लिँदा कम्तिमा पनि ५१ जनाको मृत्यु भएको छ । आगलागीका कारण शनिबार करिब १ हजार १ सय घर जलेर नष्ट भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्। प्रभावित क्षेत्रमा उद्धार टोली पुग्ने सकेको छैन । 

    करिब १० लाख बासिन्दाको घर रहेको भाल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुँवा आकाशमा उडिरहेको छ । अग्नी नियन्त्रक हेलिकप्टर र ट्रकहरु प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ । तर कठिन भएको छ । 

    चिलीका गृहमन्त्री क्यारोलिना तोहाले देशको मध्य र दक्षिणी क्षेत्रका ९२ वटा जङ्गलमा आगो लागेको, र त्यसले भीषण रुप लिँदा एक हजारभन्दा धेरै घरहरु जलेर नष्ट भएको पुष्टि गरिन् । उनका अनुसार मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ ।

    ‘हाम्रो लागि सबैभन्दा ठूलो चिन्ताको विषय यो आगो सघन बस्तीमा फैलिँदै गएको छ । जसका कारण मानिस, घर र सुविधामा असर परिरहेको छ,’ उनले भनेकी छन् । 

    चिलीमा जङ्गलमा आगलागी हुनु सामान्य कुरा हो । गत वर्ष आगोले २७ जनाको ज्यान गएको थियो भने चार लाख हेक्टरभन्दा बढी जमिन प्रभावित भएको थियो ।

    गृहमन्त्री तोहाले गत वर्षको तुलनामा यसपटक आगलागीको क्षेत्र निकै कम भए पनि तीव्र गतिमा फैलिरहेको बताइन् । चिलीका राष्ट्रपति गेब्रियल बोरिकले राष्ट्रलाई टेलिभिजन सम्बोधनमार्फत् स्थिति धेरै गाह्रो अवस्थामा पुगेको बताएका छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend