Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पाकिस्तानमा आज आमचुनाव हुँदै


२५, माघ २०८०
  • 159
    SHARES
  • पाकिस्तानमा आज आमचुनाव हुँदै

    इस्लामावाद । पाकिस्तानमा आज आमचुनाव हुँदैछ । बढ्दो महँगीले आर्थिक सङ्कट झेलिरहेका बेला पाकिस्तानी नागरिक आउँदो पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा रहेका बीबीसीले जनाएको छ । पाकिस्तानको निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको जनाएको छ ।

    पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । जसमा राष्ट्रिय सभाका धेरै सदस्य नागरिकले चुन्ने व्यवस्था छ । राष्ट्रिय सभामा कुल ३ सय ३६ सिटमध्ये २ सय ६६ सिटका लागि नागरिकले मतदान गर्नेछन् भने बाँकी ६० सिटमा महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छन् ।  

    आयोगका अनुसार देशभर ९० हजार ६ सय ७५ मतदान केन्द्र स्थापना गरिएको छ । चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच हजार एक सय २१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । चुनावमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिगदेखि बिलवाल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीसम्मले प्रतिस्पर्धा गर्दैछन् । 

    इमरान खानको पाकिस्तान तहरीक–ए–इनसाफ पाटीको चुनाव चिह्न खारेज गरेका कारण यसका उम्मेदवार स्वतन्त्र रूपमा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । पाकिस्तानमा १२ करोड ८५ लाख जना मतदाता छन् । यसअघि २०१८ मा भएको आम चुनावमा ५२ प्रतिशत नागरिकले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

    यसैबीच, चुनावको पूर्वसन्ध्यामा पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुई वटा बम विस्फोट हुँदा ज्यान गुमाउनेको सङ्ख्या २८ जना पुगेको छ । चुनावको अघिल्लो दिन भएको विस्फोटले धाँधली हुने सम्भावना बढेको खबरमा उल्लेख छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend