Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फिलिपिन्समा पहिरो गएको ६० घण्टापछि बालिकाको उद्धार


२६, माघ २०८०
  • 166
    SHARES
  • फिलिपिन्समा पहिरो गएको ६० घण्टापछि बालिकाको उद्धार

    मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुन खानीमा पहिरो जाँदा पुरिएको गाउँबाट करिब ६० घण्टापछि शुक्रबार एक बालिकालाई उद्धार गरिएको छ ।

    वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएपछि बेपत्ता भएका १०० जनामध्ये उद्धार गरिएकी बालिकाको उमेर खुलाइएको छैन ।

    दक्षिणी मिन्डानाओ टापुको मसारा गाउँमा उद्धारकर्मीहरूले आफ्नो खाली हात र बेल्चाप्रयोग गरेर बाँचेकाहरूको खोजी गरिरहेको अवस्थामा उनी फेला परेको डाभाओ डी ओरो प्रान्तका विपद् निकायका अधिकारी एडवर्ड म्याकापिलीले एएफपीलाई बताए । “यो एक चमत्कार हो”, मकापिलीले भने, “यसले उद्धारकर्ताहरूलाई आशा जगाएको छ ।

    बच्चाको लचिलोपन सामान्यतया वयस्कहरूको तुलनामा कम हुन्छ, तैपनि बच्चा बाँचेको छ ।”खोजीकर्ताहरूले हराएका बाँकी व्यक्तिहरू जीवित भेटिने आशा निकै कम रहेको बताएका छन् । एक उद्धारकर्मीले रोइरहेको, माटोले पोतिएको बच्चालाई काखमा लिएर गएको भिडियो फेसबुकमा शेयर गरिएको छ ।

    म्याकापिलीले भने, “सामाजिक सञ्जालको पोस्टमा बच्चालाई कुनै पनि चोटपटक नलागेको अवस्थामा देखिन्छ । ”बालिकालाई स्वास्थ्य परीक्षणका लागि लैजानुअघि उनका पिताले बच्चालाई भेटेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

    मङ्गलबार राति आएको पहिरोले घरहरू भत्कनुका साथै सुनखानीबाट कामदार लिन पर्खिरहेका तीन वटा बस र जीपसमेत जलेका थिए । घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् भने एक सयभन्दा बढी अझै हराइरहेका सरकारी अधिकारीहरूले बताएका छन् ।

    शुक्रबार यस क्षेत्रमा वर्षा भएपछि खोजीकर्ताहरूले समय र मौसमसँग जुध्दै बाक्लो हिलोमा अरू कोही पनि जीवित फेला पार्ने आशामा उद्धारलाई निरन्तरता दिइरहेका छन् ।

    उद्धारकर्ताहरूले ठाउँठाउँमा गह्रौं माटो सार्ने उपकरणहरू प्रयोग गरिरहेका छन् तर तिनीहरूले आफ्नो नाङ्गो हात र बेल्चाको भरमा दर्जनौँ व्यक्तिलाई सकुशल र १५ जनालाई मृत अवस्थामा पहिरोबाट बाहिर निकालेका छन् ।

    माटो र भग्नावशेषमा पुरिएकाहरू पत्ता लगाउन खोजी कुकुरको पनि प्रयोग गरिएको छ । मिन्दानाओको केही भागमा हप्तौंदेखि परेको वर्षाका कारण दर्जनौँ पहिरो र बाढीका कारण दशौँ हजार मानिस आपतकालीन आश्रयस्थलमा बस्न बाध्य भएका छन् ।

    हालैका महिनाहरूमा आएको विनाशकारी भूकम्पले पनि यस क्षेत्रलाई अस्थिर बनाएको छ । थप पहिरो जाने डरले मसरा र आसपासका चार गाउँका सयौं परिवारले आफ्नो घर छोडेर आपतकालीन केन्द्रमा आश्रय लिनुपरेको छ । नगरभरका विद्यालयले पठनपाठन बन्द गरेका छन् ।

    सन् २००७ र २००८ मा गएको पहिरोपछि पहिरो प्रभावित क्षेत्रलाई ‘नो बिल्ड जोन’ घोषणा गरिएको तर गाउलेहले आफ्नो जन्मथलो छोड्न नमान्दा पहिरोबाट पिडित हुनुपरेको मकापिलीले बताए । उनले भने, “सरकारले उनीहरूलाई सार्न गरेको आग्रहलाई मानेको भए दुर्घटना हुने थिएन ।” 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend