Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चीनले चन्द्रमाको अँध्यारो भागको अध्ययन गर्ने, आउँदो मे महिनामा यान पठाउने तयारी


५, फागुन २०८०
  • 131
    SHARES
  • चीनले चन्द्रमाको अँध्यारो भागको अध्ययन गर्ने, आउँदो मे महिनामा यान पठाउने तयारी

    बेइजिङ । चीनले चन्द्रमाको भित्रि अर्थात् अँध्यारो भागको अध्ययन गर्ने भएको छ । यसका लागि चीनले चांगई–६ नामको यान प्रक्षेपण गर्ने भएको हो । 

    चन्द्रमाको फार साइड अर्थात् सुदूर हिस्सा क्षेत्रमा पुगी नमूना सङ्कलन पश्चात धर्तीमा अवतरण गर्ने यो यान चीनले मे महिनामा प्रक्षेपण गर्ने तयारी गरेको छ ।

    चीनको हैनान प्रान्तमा रहेको वेनचांग स्पेसपोर्टमा यानसँग सम्बन्धित काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

    सन् २०२० मा चांगई–५ को सफलतापछि चीनका वैज्ञानिकहरुको टोली चांगई–६ को निर्माणमा लागेका यो योजनाका व्यस्थापक इञ्जिनियर झांग यांगले बताउनुभयो । यो योजना सफल भएमा चीन चन्द्रमाको भित्रि भागबाट नमुना सङ्कलन गर्ने पहिलो देश बन्नेछ ।

    चांगई-६ चन्द्रमाको फार साइड क्षेत्रमा रहेको ओपोलो बेसिनमा उत्रिने र त्यहाँ ५३ दिन रहने वैज्ञानिकले बताएका छन् ।

    चांगई–६ ले फार साइडको सतहमा प्वाल पारि भित्रबाट र बाहिरी सतहबाट गरी झन्डै दुई किलो ग्राम माटो नमुनाका रुपमा सङ्कलन गर्ने छ ।

    यान पठाउनु पूर्व चीनले क्युगियाओ-२ नामको नयाँ स्याटलाइट यही फेब्रुअरी वा आउँदो मार्च महिनामा प्रक्षेपण गर्ने तयारी गरेको छ ।

    यो स्याटलाइटले चांगई-६ र पृथ्वीमा रहेको स्टेशनबीच सम्पर्क बनाइराख्न मद्दत पुर्याउने वैज्ञानिकहरुको भनाइ छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend