Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रूसका लागि युक्रेन युद्ध जीवन र मृत्युको सवाल : राष्ट्रपति पुटिन


६, फागुन २०८०
  • 178
    SHARES
  • रूसका लागि युक्रेन युद्ध जीवन र मृत्युको सवाल :  राष्ट्रपति पुटिन

    मस्को । युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्धभूमिमा भएका घटना रूसका लागि ‘जीवन र मरणको विषय’ भएको बताउनुभएको छ ।

    क्रेमलिनले आफ्नो जनसङ्ख्यामा देशभक्तिको भावना जगाउनका लागि लगभग दुई वर्ष लामो द्वन्द्वलाई रूसको अस्तित्वको लडाइँको रूपमा पटक–पटक प्रस्तुत गर्दै आएको छ ।

    पुटिनले रूसी सरकारी टिभीसँगको अन्तर्वार्तामा भन्नुभयो, “मलाई लाग्छ अझै पनि हामी आफैले र अझ बढी विदेशमा रहेका हाम्रा श्रोता र दर्शकहरूका लागि हाम्रो सोच्ने तरिका बुझ्न महत्वपूर्ण छ ।”

    “युक्रेनको मोर्चामा जे भइरहेको छ : उनीहरूका लागि यो उनीहरूको रणनीतिक स्थितिको सुधार हो । यो रूसका लागि जीवन र मृत्युको विषय पनि हो र भाग्य पनि हो,” उहाँले भन्नुभयो । 

    पुटिनले अमेरिकी ‘टक शो’ प्रस्तोता टकर कार्लसनलाई दिएको दुई घण्टा लामो अन्तर्वार्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा यस्तो बताउनुभएको हो ।

    उक्त अन्तर्वार्तामा पुटिनले रूसी इतिहासबारे लामो कुराकानी गर्नुभएको थियो र युक्रेनको राज्यका बारेमा निरन्तर प्रश्न उठाउनुभएको थियो । 

    “पश्चिमा र अमेरिकी श्रोता तथा दर्शकका लागि यो सजिलो थिएन । “कार्लसन अन्तर्वार्तामा पुटिनको लामो, ऐतिहासिक विचारबारे सोधिएको प्रश्नमा पुटिनले भन्नुभयो ।

    उहाँले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाको इतिहास लगभग ३०० वर्षको छ, र मैले त्योभन्दा अघिको कुरा गर्दै छु । त्यसैले मलाई लाग्छ, अमेरिकी दर्शकका लागि यो बुझ्न सजिलो छैन ।”

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend