गाजा । इजरायलले बन्धक बनाइएका आफ्ना नागरिकलाई रिहा गर्न विद्रोही समूह हमासलाई समय सिमा दिएको छ ।
हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० सम्म रिहा नगरे रफाहमा कडा आक्रमण गर्ने चेतावनी दिएको छ । मार्च १० देखि रमजान शुरु हुँदैछ ।
यसैलाई लक्षित गरेर इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न भनेको हो । इजरायलले आफ्नो सेना गाजाको दक्षिणी भाग रफाहमा प्रवेश गरेर आक्रमण गर्ने चेतावनी दिएको यो पहिलो पटक भएको बीबीसीले जनाएको छ ।
गाजाका विभिन्न भागबाट भागेर आएका १५ लाख प्यालेस्टिनीहरूले रफाहमा आश्रय लिएका छन् । पछिल्लो समय इजरायलले त्यहाँ हवाई आक्रमण तीव्र बनाइरहेकाले विश्वव्यापी रुपमा विरोध समेत भइरहेको छ ।