Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रुसमा राष्ट्रपति फेरि पनि पुटिन


५, चैत २०८०
  • 147
    SHARES
  • रुसमा राष्ट्रपति फेरि पनि पुटिन

    एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौ कार्यकालका लागि निर्वाचित भएका छन् । तीन दिनसम्म भएको एक पक्षीय चुनावमा पुटिन ८७ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएको दाबी गरिएको छ ।

    रुसका आलोचक तथा पश्चिमा देशहरुले यो परिणामलाई अपेक्षित भनेका छन् । मतदानको अन्तिम दिन आइतबार रुसी शहरहरूमा कम्तिमा ८० प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।

    कारागारभित्रै मारिएका विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवाले जारी गरेको विरोध अपिलमा भेला हुनेहरुको मतदान केन्द्रबाहिर लामो लाइन लागेको थियो ।

    ७१ वर्षीय पुटिन रुसी राष्ट्रपतिमा पुनः निर्वाचित भएसँगै रुसमा कम्तिमा अरु ६ वर्ष पुटिनकै शासन चल्ने भएको छ । रुसले कब्जा गरेको युक्रेनका केही भूभागमा पनि यसपटक मतदान भएको छ ।

    जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्राइमिया क्षेत्रमा चुनाव गराएर रुसले ती क्षेत्रहरु आफुले नछाड्ने सन्देश दिएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend