Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जापानले १७ वर्षपछि ब्याजदर बढायो


६, चैत २०८०
  • 161
    SHARES
  • जापानले १७ वर्षपछि ब्याजदर बढायो

    जापानको केन्द्रीय बैंक (बीओजे) ले १७ वर्षपछि ब्यादर बढाएको छ । केन्द्रीय बैंकले ब्याजदर माइनस शून्य दशमलव एक प्रतिशतबाट बढाएर शून्य दशमलव एक प्रतिशतमा पुर्‍याएको बीबीसीले जनाएको छ ।

    जापानमा सन् २००७ पछि ब्याजदर बढेको पहिलो पटक हो । यस्तै आठ वर्षको नकारात्मक ब्याजदर पनि अन्त्य भएको छ । स्थिर बनेको अर्थतन्त्रलाई टेवा दिन भन्दै सन् २०१६ मा जापानको केन्द्रीय बैंकले ब्याजदर घटाएर शून्यभन्दा तल झारेको थियो । नकारात्मक ब्याजदर हुने जापान विश्वको एकमात्रै देश रहेकोमा अब कुनै पनि देशमा ब्याजदर नकरात्मक स्तरमा छैन ।

    ब्याजदर शून्यभन्दा पनि तल झर्नुलाई नकारात्मक वा ऋणात्मक ब्याजदर भनिन्छ । ब्याजदर ऋणात्मक हुँदा बैंकले ऋणीलाई उल्टै पैसा दिएर ऋण दिन्छ भने निक्षेपकर्ताले बचत गरेको पैसामा ब्याज पाउँदैनन् ।

    उपभोक्ता मूल्यमा आधारित महँगी बढेर देशभर तलब वृद्धि भइरहेका बेला केन्द्रीय बैंकले ब्याजदर बढाएको हो । यही महिनाको शुरुमा जापानका ठूला कम्पनीहरूले कर्मचारीको तलब पाँच दशमलव २८ प्रतिशतले बढाउन सहमति गरेका थिए । यो वृद्धि तीन दशकभन्दा बढी समययताकै धेरै थियो 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend