Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

म्यानमारमा हवाई हमला, २५ रोहिंग्याको मृत्यु


७, चैत २०८०
  • 131
    SHARES
  • म्यानमारमा हवाई हमला, २५ रोहिंग्याको मृत्यु

    म्यानमार - पश्चिमी म्यानमारमा सेनाको हवाई हमलामा २५ जना रोहिंग्या मुस्लिम मारिएका छन् । मृत्यु हुनेमा ६ बालबालिका पनि रहेका छन् । आक्रमणप्रति संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटरेसले चिन्ता व्यक्त गरेका छन् । 

    समाचारहरूका अनुसार सोमबार राति भएको हवाई हमलामा राखाइन राज्यको मिनव्या टाउनशिपको उत्तरमा रहेको थाडा गाउँलाई निशाना बनाइएको थियो । यस हमलामा कम्तीमा २५ अन्य व्यक्ति घाइते भएको बताइएको छ । यस आक्रमणबारे सैन्य सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

    मृत्यु हुनेमा ६ जना बालबालिका पनि

    थाडाको रोहिंग्याहरु भएको गाउँ म्यानमारको दोस्रो ठुलो सहर मण्डलेबाट ३४० किलोमिटर टाढा छ । यहाँका ९० प्रतिशत मानिस बौद्ध धर्मावलम्बी छन् । सोमबार बिहान करिब १ः३० बजे दुई वटा बम खसेको बताइएको छ । यसमा २५ जनाको मृत्यु भएको थियो । 

    सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेयता म्यानमारको सेनाले हवाई हमलाहरू बढाइरहेको छ । सन् २०२१ के ‘कू’यता एक हजार ६५२ हवाई आक्रमणमा ९३६ सर्वसाधारणको मृत्यु भएको छ भने ८७८ जना घाइते भएको एउटा प्रतिवेदनले देखाएको छ । यी हवाई आक्रमणमा १३७ धार्मिक भवन, ७६ विद्यालय र २८ अस्पतालमा क्षति पुगेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend