Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एशियाकै धेरै अर्बपति भएको शहरको सूचीमा मुम्बई पहिलो


१५, चैत २०८०
  • 149
    SHARES
  • एशियाकै धेरै अर्बपति भएको शहरको सूचीमा मुम्बई पहिलो

    काठमाडौँ । भारतको मुम्बई एशियाकै सबैभन्दा धेरै अर्बपति भएको शहर भएको छ । चीनको बेइजिङ र संघाईलाई पछि पारेर मुम्बई सबैभन्दा धेरै अर्बपति भएको शहर बनेको अध्ययन संस्थानको रिपोर्टलाई उल्लेख गर्दै सीएनबीसीले जनाएको छ ।

    भारतको कुनै पनि शहर एसियाका सबैभन्दा धेरै अर्बपति भएको शहर बनेको यो पहिलो पटक हो । हुरुनका अनुसार मुम्बईमा ९२ जना अर्बपति रहेका छन् । बेईजिङमा ९१ जना र संघाईमा ८७ जना रहेका छन् । २०२४ को विश्वकै धनी शहरको सूचीमा अमेरिकाको न्यूयोर्क छ, जहाँ १ सय १९ जना अर्बपति बस्छन् ।

    अहिले विश्वभर ३ हजार २ सय ७९ जना अर्बपति छन्, जुन सन् २०२३ को तुलनामा ५ प्रतिशतले धेरै छ । गएको वर्ष १ सय ५५ जना अर्बपतिले आफ्नो ठूलो सम्पत्ति गुमाएपनि चीन अझै पनि ८ सय १४ जना अर्बपतिहरूसहित सूचीको शीर्ष स्थानमै छ ।

    अमेरिका ८ सय जना अर्बपतिसहित दोस्रो स्थानमा र भारत २ सय ७१ जना अर्बपतिसहित तेस्रो स्थानमा छ । अर्बपति भनेर १ अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब नेपाली रुपैयाँ हुने व्यक्तिलाई चिनिन्छ । भारतसहित विश्वका केही देशमा अर्बपतिको उदय र विस्तार तीव्र गतिमा बढिरहँदा गरिबी पनि उस्तै बढिरहेको छ । विश्वका १ प्रतिशत धनी मानिससँग विश्वभरको ४३ प्रतिशत सम्पत्ति रहेको अक्स्फामले जनाएको छ ।

    धनी र गरिबबीचको यस्तै खाडल रहिरहेमा अर्को २ सय ५० वर्षसम्म पनि गरिबी उन्मूलन नहुने अक्स्फामको रिपोर्टमा उल्लेख छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend