Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आइतवारदेखि विद्यालय अनिश्चितकालीन बन्द


२, असार २०८०
  • 167
    SHARES
  • आइतवारदेखि विद्यालय अनिश्चितकालीन बन्द

    काठमाण्डौँ । आइतबारदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द हुने भएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो । 

    विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाइसकेका छन्  ।

    परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै केही समयदेखि आन्दोलन गर्दै आइरहेको छ । आन्दोलनकारी शिक्षकहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भइसक्दासमेत आफ्नो मागप्रति सरकार गम्भीर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरेपछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।

    आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय  सम्बोधन गरे पनि बजेट वक्तब्यमा भने उक्त विषय छुटाए पछि परिषद् आन्दोलनमा उत्रिएको हो । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend