Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इरानले इजरायलमाथि गरेको आक्रमणको सर्वत्र विरोध


३, वैशाख २०८१
  • 127
    SHARES
  • इरानले इजरायलमाथि गरेको आक्रमणको सर्वत्र विरोध

    एजेन्सी । इरानले इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशहरुले निन्दा गरेका छन् । आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने भन्दै पश्चिमा राष्ट्रहरुले चिन्ता प्रकट गरेका हुन् ।

    फ्रान्स, जर्मनी, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया लगायत अमेरिकाका सहयोगीले इरानको आक्रमणको विरोध गरेका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आक्रमणको निन्दा गर्दै यसले विश्वमा नै गम्भीर तनाव निम्त्याएको बताउँदै आक्रमणले मध्यपूर्वमा ठूलो सैन्य मुठभेड निम्तन सक्ने चेतावनी दिनुभएको छ ।

    यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च सुरक्षा अधिकारीहरूसँगको आपत्कालीन बैठकपछि इजरायललाई समर्थन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । इरान र उसका सहयोगीहरूको खतराविरुद्ध इजरायलको सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता बाइडेनले दोहो¥याउनु भएको छ ।

    यस्तै चीनको विदेश मन्त्रालयले आक्रमणलाई ‘गाजा द्वन्द्व’ को पछिल्लो बाछिटाको रूपमा चित्रण गर्दै संयमित हुन आग्रह गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, हिंसाबाट जोगिन र कुटनीतिक वार्तामा फर्कन आग्रह गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको छ ।

    गत अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेर दुई जना इरानी कमाण्डरसहित १५ जनाको हत्या गरेपछि त्यसको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।

    इजरायली सेनाले भने इरानले प्रहार गरेको तीन सय वटाभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन आकासबाटै खसालेको दाबी गरेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend