बुटवल । पाल्पाको तिनाउ – ३ मा तिनाउ खोलाको विद्युत ड्याममा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु छ । मृत्यु हुनेमा गुल्मी जिल्ला सत्यवती गाउँपालिका(७ का १८ वर्षीय अभिशेख परियार रहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको तिलोत्तमा-३ ड्राइभर टोलमा बस्ने अभिशेख शनिबार दिउँसो नुहाउन भन्दै तिनाउ खोलाको ड्याममा गएको तर अचानक पौड्ने क्रममा खोलामा वेपत्ता भएको थियो । परियारलाई उद्दारका लागि गएको प्रहरीको टोलीले फेला पारी बुटवलका लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।