पाँचथर । बाढीका कारण पाँचथरमा ५ जना बेपत्ता भएका छन् । गएराति आएको बाढीका कारण फिदिम स्थित हेवा खोलामा आएको बाढीले १० घर बगाउनुका साथै ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा आशिष बुढाथोकी, एलिस बुढाथोकी, तिल कुमार तामाङ, सन्जोग लिम्बु र राजकुमार राई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्गको पक्की पुल समेत बाढीले बगाएको छ । जसका कारण मेची राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।