Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विश्व अर्थतन्त्र र गाजा युद्धबारे शिखर सम्मेलन हुँदै


१६, वैशाख २०८१
  • 223
    SHARES
  • विश्व अर्थतन्त्र र गाजा युद्धबारे शिखर सम्मेलन हुँदै

    एजेन्सी - गाजामा चलिरहेको युद्ध र विश्व अर्थतन्त्रका बारेमा छलफल गर्न आजदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुँदै छ ।

    विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्री सहभागी हुने समाचारसंस्था एएफपीले जनाएको छ ।

    सम्मेलनमा अमेरिकाका उच्च कूटनीतिज्ञ इन्टोनी ब्लिन्केनसमेत सहभागी हुने आयोजक साउदी अरबले जनाएको छ ।

    विश्व आर्थिक मञ्च (डब्ल्युइएफ) का अध्यक्ष बोर्गे ब्रेन्डेले गाजामा सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकबारे कन्द्रित वार्तामा थप प्रयासको लागि बैठक बस्न लागेको जानकारी दिनुभएको एएफपीले जनाएको छ ।

    साउदी अरबका अधिकारीले गाजामा युद्ध र सम्भावित क्षेत्रीय द्वन्द्वले खाडी राज्यको सामाजिक र आर्थिक सुधार एजेन्डा–२०३० लाई बाधा पुर्‍याउन सक्ने आशंका व्यक्त गरेका छन् । 

    गएको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणबाट शुरु भएको गाजा युद्धमा इजरायलतर्फ झन्डै एक हजार दुई सय जना र गाजामा ३४ हजार तीन सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend