Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गाजा युद्धविराम योजनाको जवाफ दिने हमासका अधिकारीको भनाइ


१७, वैशाख २०८१
  • 242
    SHARES
  • गाजा युद्धविराम योजनाको जवाफ दिने हमासका अधिकारीको भनाइ

    काठमाण्डौ – हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा सोमबार गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर प्रस्तावको जवाफ दिने बताएका छन्। 

    नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, ‘खलिल अल–हयाको नेतृत्वमा हमासको एक प्रतिनिधिमडल भोलि इजिप्ट पुग्नेछ र इजिप्टका गुप्तचर अधिकारीहरूसँगको बैठकमा इजराइली प्रस्तावमाथि हमास समूहको प्रतिक्रिया दिनेछ।’

    गाजा क्षेत्रमा लडाइँ जारी रहे पनि मध्यस्थकर्ता इजिप्टले रोकिएको वार्तालाई पुनः शुरु गर्नका लागि यसै साता आफ्नो प्रतिनिधिमण्डललाई इजराइल पठाएको थियो। 

    इजिप्ट, कतार र अमेरिकाले नोभेम्बरमा युद्धलाई एक साताका लागि रोक लगाएर इजराइली जेलमा राखिएका २४० प्यालेस्टिनीको बदलामा ८० इजराइली बन्दीको आदानप्रदान गरेयता नयाँ गाजा युद्धविराम सम्झौताका लागि असफल प्रयास गरिरहेका छन्। 

    गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतामा पुग्नका लागि हालका दिनमा कूटनीतिक प्रयास तीव्र बनाइएको छ। 

    अमेरिकी समाचार वेबसाइट एक्सियोसले दुई इजराइली अधिकारीलाई उद्धृत गर्दै इजराइलको पछिल्लो प्रस्तावमा बन्धकहरूको रिहाइपछि गाजामा ‘दिगो शान्तिको पुनःस्थापना’ बारे छलफल गर्न इच्छुक रहेको बताएको छ।

    एक्सियोसका अनुसार करिब सात महिनाको युद्धमा पहिलो पटक इजराइली नेताहरूले युद्धको समाप्तिमा चर्चा गर्न उनीहरू खुला रहेको बताएका छन्। 

    ‘हमास नयाँ प्रस्तावमा सकारात्मकरूपमा छलफल गर्न तयार छ”, वार्तासँग सम्बन्धित हमासको एक अर्को स्रोतले एएफपीलाई भनेको छ, ‘स्थायी युद्धविराम, विस्थापित मानिसको स्वतन्त्र फिर्ती, कैदीहरूको आदानप्रदानका लागि स्वीकार्य सम्झौता र गाजा घेराबन्दी अन्त्य सुनिश्चित गर्ने सम्झौतामा पुग्न हमास इच्छुक छ।’

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend