Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द गर्न अदालतका आदेश


१८, वैशाख २०८१
  • 256
    SHARES
  • गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द गर्न अदालतका आदेश

    बङ्गलादेश - बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ ।

    यस अघि सरकारले अत्याधिक गर्मीका कारण बन्द गरेका बिद्यालय हिजोदेखी खुलाउने निर्णय गरेको थियो । तर अदालतले गर्मी कम नभएको भन्दै आउँदो आइतवारसम्म देशभरका सबै बिद्यालय बन्द गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ ।

    यस अघि तातो हावा चल्दा बिद्यार्थी र शिक्षकको समेत ज्यान गएको पुष्टि भएपछि सरकारले एक हप्ताका लागि बिद्यालय बन्द गरेको थियो । पछिल्लो एक हप्तामा राजधानी ढाकाको औसत तापक्रम ३० वर्षको औसत तापक्रमभन्दा ४ देखी ५ डिग्री सेल्सियसले बढी रहेको छ ।

    अत्याधिक गर्मीका कारण अप्रिल महिनामा मात्रै कम्तीमा सात जनाको ज्यान गएको बङ्गलादेशका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    बङ्गलादेशको मौसम विभागले आउँदो बिहीवारसम्म तापक्रम नघट्ने जनाएको छ । यस्तै गर्मी बढेपछि फिलिपिन्सको सरकारले पनि बिद्यालय बन्द गरेको छ ।

    यस्तै म्यानमारमा पनि गर्मी अत्याधिक बढेको छ । हिजो म्यानमारको चाउक सहरको ताक्रिम अहिलेसम्मकै धेरै ४८ डिग्रि सेल्सियस पुगेको थियो । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend