Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अमेरिकी विश्वविद्यालय : प्यालेस्टिनीको समर्थनमा प्रदर्शन तीव्र


१९, वैशाख २०८१
  • 271
    SHARES
  • अमेरिकी विश्वविद्यालय : प्यालेस्टिनीको समर्थनमा प्रदर्शन तीव्र

    एजेन्सी - अमेरिकाको कोलम्बिया युनिभर्सिटीका विद्यार्थीले क्याम्पस भित्रको एउटा भवन कब्जा गरेर प्यालेस्टिनीहरूको समर्थनमा आफ्नो प्रदर्शनलाई तीव्र बनाएका छन् ।

    प्रदर्शनका क्रममा केही  विद्यार्थी क्याम्पसको झ्याल तोडफोड गरेर भवनभित्र पसेर प्रदर्शन गरिरहेका छन् । गएको अप्रिलमा १७ मा कोलम्बिया विश्वविद्यालयबाट शुरु भएको यो प्रदर्शन अहिले अमेरिकाका धेरै विश्वविद्यालयमा पुगेको छ ।

    प्रदर्शनमा सहभागी विद्यार्थीले विश्वविद्यालय प्रशासनले इजरायलसँग सबै सम्बन्ध तोड्न पर्ने माग गरेका बीबीसीले जनाएको छ । अमेरिकी विश्वविद्यालयमा दैनिक रुपमा प्रदर्शन बढ्न थालेपछि प्रहरीले विद्यार्थीलाई पक्राउ गरिरहेको छ ।

    विश्वविद्यालयले पनि क्याम्पसलाई प्रदर्शनस्थल बनाएर विरोध सभा गर्ने विद्यार्थीलाई निकाल्न थालेको छ । इजरायल - गाजाबीचको पछिल्लो तनावका सन्दर्भमा अमेरिकी विद्यार्थीले प्रदर्शन शुरु गरेका हुन् । प्रदर्शनकारीहरूले आफूहरूले प्यालेस्टाइनलाई समर्थन गरिरहेको जनाएका छन् ।

    उनीहरुले राष्ट्रपति जो बाइडेन र युनिभर्सिटी प्रशासनप्रति असन्तोष व्यक्त गर्दै इजरायलले प्यालेस्टिनीमाथी गरिरहेको  नरसंहारलाई प्रवर्धन गर्नेगरी फन्डिङ र हतियार दिने कार्य भइरहेको आरोप लगाएका छन् । इजरायलले भने प्यालेस्टाइन क्षेत्रमा आफूले नरसंहार गरेको कुरालाई अस्वीकार गर्दै आइरहेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend