Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

१३ वर्ष नपुग्दासम्म बालबालिकालाई स्मार्ट फोन नदिन विज्ञहरुको सुझाव


२०, वैशाख २०८१
  • 231
    SHARES
  • १३ वर्ष नपुग्दासम्म बालबालिकालाई स्मार्ट फोन नदिन विज्ञहरुको सुझाव

    एजेन्सी । फ्रान्सको एउटा विज्ञ समूहले बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन सुझाव दिएको छ ।

    मोवाइल लगायतका प्राविधिक उपकरणका कारण बालबालिकाको समग्र विकासमै असर गरेको गुनासो बढेपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले गठन गर्नुभएको विज्ञहरूको समूहले बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन वा इन्टरनेटको पहुँच हुने कुनै पनि उपकरणबाट टाढा राख्न सुझाव दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    विज्ञ समूहले बुझाएको प्रतिवेदनमा बालबालिकालाई ११ वर्ष नपुगिकन साधारण मोवाइल समेत नदिन र तीन वर्ष नपुगी टेलिभिजनसहित कुनै पनि स्क्रिन नदेखाउन सुझाव दिएको छ । यस्तै प्रतिबेदनले १५ वर्ष नपुग्दासम्म कुनै पनि सामाजिक सञ्जालबाट टाढा राख्न र १८ वर्ष नपुगिकन टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट जस्ता व्यापक बजारीकरण भएका सामाजिक सञ्जाल चलाउन नदिन सुझाव दिएको छ ।

    कथा सुनाउने प्रयोजनबाहेक बालबालिकालाई अडियो खेलौना समेत दिन नहुने प्रतिबेदनको सुझाव छ । राष्ट्रपति म्याक्रोँले बालबालिकाको स्क्रिन प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्न आवश्यक सुझाव दिन वैज्ञानिक र विज्ञहरूलाई आग्रह गर्नुभएको थियो । फ्रान्सले बालबालिकाको स्क्रिन समय कम गर्ने प्रयास गरिरहेको छ ।

    विज्ञहरुको प्रतिवेदनमा नयाँ प्रविधि बजारमा बालबालिका वस्तु बन्दै गएको भन्दै बालबालिकालाई त्यसबाट बाहिर निकाल्नु आवश्यक रहेको उल्लेख छ । प्रतिबेदनमा बालबालिकाका आमा तथा हेरचाह गर्ने व्यक्तिले पनि फोनको प्रयोग सकेसम्म कम गर्नुपर्ने सुझाव दिइएको छ ।

    बाल मनोवैज्ञानिक, वरिष्ठ वाल चिकित्सक लगायत सहभागी टोलीको प्रतिबेदनमा स्क्रिनले बालबालिकाको आँखा, मेटाबोलिजम, बौद्धिकता, ध्यान र संज्ञानात्मक प्रक्रियालाई नकारात्मक असर गरिरहेको उल्लेख छ ।   

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend