Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित


२२, वैशाख २०८१
  • 117
    SHARES
  • भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

    नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई विश्वको सबैभन्दा ठूलो चुनावको अवलोकन गर्न आमन्त्रित गरेको छ ।

    सहभागिताको मात्रा र परिमाणका हिसाबले यो अभ्यास पहिलो भएको निर्वाचन आयोगले जनाएको छ ।

    आमन्त्रित प्रतिनिधिहरूले भुटान, मङ्गोलिया, अष्ट्रेलिया, मडागास्कर, फिजी, किर्गिज गणतन्त्र, रुस, माल्डोभा, ट्युनिसिया, सेशेल्स, कम्बोडिया, नेपाल, फिलिपिन्स, श्रीलङ्का, जिम्बाब्वे, बङ्गलादेश, काजाकिस्तान, जर्जिया जस्ता २३ देशका विभिन्न इएमबीएस र सङ्गठनहरूको प्रतिनिधित्व गर्छन् ।

    यी २३ राष्ट्रका साथमा इन्टरनेशनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम्स (आइएफइएस) का सदस्यहरू तथा भुटान र इजरायलका मिडिया टोलीहरू पनि सहभागी हुनेछन् ।

    भारतको निर्वाचन निकायले उच्च मापदण्डको आम चुनाव गराउने आफ्नो प्रतिबद्धताको उदाहरण दिने र इएमबीएसलाई लोकतान्त्रिक उत्कृष्टताको प्रत्यक्ष साक्षीका लागि सुनौलो पुल प्रदान गर्ने भनेको छ ।

    जारी लोकसभा चुनाव सन् २०२४ को समयमा ‘चुनावी आगन्तुक कार्यक्रम’ (आइइविपी) आयोजना गरेर अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिइरहेको भारतको निर्वाचन आयोग (इसिआई) ले एक विज्ञप्तिमार्फत उल्लेख बताएको छ ।

    मे ४ मा सुरु हुने कार्यक्रमले विदेशी इएमबीएसलाई भारतको निर्वाचन प्रणालीका सूक्ष्मताका साथै विश्वको सबैभन्दा ठूलो लोकतन्त्र (भारत) ले प्रयोग गर्ने उत्कृष्ट अभ्यासहरूबारे परिचित गराउन खोजेको इसिआईले जानकारी दिएको छ ।

    प्रमुख निर्वाचन आयुक्त राजीव कुमार तथा निर्वाचन आयुक्तद्वय ज्ञानेश कुमार र डा. सुखवीर सिंह सन्धुले मे ५ मा प्रतिनिधिहरूलाई सम्बोधन गर्नुहुनेछ ।

    त्यसपछि प्रतिनिधिहरू साना समूहमा छ वटा राज्य महाराष्ट्र, गोवा, गुजरात, कर्नाटक, मध्य प्रदेश र उत्तर प्रदेशका विभिन्न निर्वाचन क्षेत्रहरूमा मतदान र सम्बन्धित तयारीहरू अवलोकन गर्न प्रस्थान गर्ने र सो कार्यक्रम मे ९ मा समापन हुनेछ ।

    अप्रिल १९ देखि सुरु भएको निर्वाचन सात चरणमा सञ्चालन भइरहेको र लोकसभा चुनाव जुन १ मा सम्पन्न हुनेछ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend