Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गाजापट्टीको रफाहमा इजरायली कारवाही शुरु


२५, वैशाख २०८१
  • 237
    SHARES
  • गाजापट्टीको रफाहमा इजरायली कारवाही शुरु

    एजेन्सी । इजरायलले गाजापट्टीको पूर्वी रफाह शहरमा हमासविरुद्ध आक्रमण शुरु गरेको छ ।

    गाजाका आधाभन्दा बढी जनसंख्याले आश्रय लिइरहेको रफाह शहरमा आक्रमण नगर्न विश्व समुदायले गरेको आग्रह वेवास्ता गर्दै इजरायलले हमला थालेको हो ।

    गाजाका सशस्त्र समूहहरूले जवाफमा दक्षिणी इजरायलमा रकेट प्रहार गरेको खबर छ । हमासले युद्धविराम सम्झौतालाई स्वीकार गरेको केही समयपछि रफाहमा इजरायलले हमला थालेको हो ।

    हमासले स्वीकार गरेको भनिएको युद्धविराम सम्झौतामा इजरायलले चाहेका महत्वपूर्ण विषयहरु समावेश नभएको भन्दै इजरायली पक्षले उक्त सम्झौता अस्वीकार गरिसकेको छ ।

    यही समझौतामाथि छलफल गर्न कतारी वार्ता टोली आज इजिप्ट जाँदैछ । इजरायली वार्ता टोलीका सदस्यपनि आज कायरो जाने र अप्रत्यक्षरुपले वार्तामा बस्ने जनाइएको छ ।

    गाजापट्टीको रफाह शहरमा झण्डै १५ लाख मानिस बसोबास गरिरहेका छन् । अमेरिका भ्रमणमा रहनुभएका जोर्डनका राजा अब्दुल्लाहले रफाहमा इजरायली आक्रमणले क्षेत्रीय तनाव बढाउने भन्दै चिन्ता जनाउनुभएको छ ।

    रफाह शहरका सर्वसाधाणमाथि अर्को नरसंहार मच्चाउने तयारीमा इजरायल रहेको जोर्डनको बुझाइ छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend