Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतमा आज तेस्रो चरणको मतदान हुँदै


२५, वैशाख २०८१
  • 300
    SHARES
  • भारतमा आज तेस्रो चरणको मतदान हुँदै

    काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ। तेस्रो चरणअन्तर्गत १० राज्य र २ केन्द्रशासित प्रदेश गरेर १२ प्रदेशका ९३ सिटका लागि मंगलबार मतदान हुन लागेको हो।

    ९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा छन्। मंगलबार असमका ४, बिहारका ५, छत्तिसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, उत्तर प्रदेशका १० तथा पश्चिम बंगालका ४ सिटका लागि मतदान हुनेछ।

    त्यसैगरी जम्मु कश्मीर र एक अन्य केन्द्र शासित प्रदेश गरेर तीन सिटका लागि मंगलबार नै मतदान हुँदैछ।

    संसद्को तल्लो सदन लोकसभाका ५ सय ४३ सिटका लागि भारतमा सात चरणमा निर्वाचन भइरहेको छ। यसअघि अप्रिल १९ र २६ मा गरी १९० सिटका लागि मतदान भइसकेको छ।

     

    यो लोकसभा निर्वाचनमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल देशको सत्ता सम्हाल्ने योजनामा छन्।

    कंग्रेस नेतृत्वको विपक्षी गठबन्धन र त्यसका नेता राहुल गान्धीले नरेन्द्र मोदीलाई पुन सत्तासीन हुनबाट रोक्न सकेसम्मको जोड लगाइरहेका छन्।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend